शनिबार, असार ५ २०७८
काठमाडौं १५:१२
वासिङटन डिसी 05:27

गायक गणेश गुरुङ र गायिका बिष्णुमाया गुरुङको ‘सल्ला धुपैले’ सार्वजनिक

इनेप्लिज २०७५ चैत २७ गते ११:२५ मा प्रकाशित

काठमाडौं । कौडा किङ सर्जक तथा गायक गणेश गुरुङको आफ्नो पुरानो मौलीक ‘सल्ला धुपैले’ बोलको लोक तथा दोहोरी गीतलाई पुनः सार्वजनिक भएको छ ।
‘सल्ला धुपैले’मा कौडा किङ सर्जक तथा गायक गणेश गुरुङ र गायिका बिष्णुमाया गुरुङको स्वरमा रहेको छ । यस गीतमा शब्द गणेश गुरुङले नै शंकलन गरेका हुन् भने, लय पनि कौडा किङ गुरुङले नै भरेका हुन् ।

जसमा कमल सौरागको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोतर्फ चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा भिडियो निर्माण भएको छ । जसमा खेम गुरुङ, बिनित गुरुङ र साथीहरुको नृत्य तथा सशक्त अभिनय रहेको छ ।


उक्त मौलीक गीतको म्युजिक भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन् । ‘सल्ला धुपैले’ गीतलाई बिष्णुमाया गुरुङको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

‘सल्ला धुपैले’ गीत नेपाली पन झल्कने झ्याउरे भाकामा समावेश रहेको मौलीक गीत हो । यस गीतले छोटो समयमा नै दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ ।

भिडियो लिंक

प्रतिक्रिया