नेपाली प्याड म्यानको अनुभव : पहिलो प्याड ममीले लगाउनुभयो ! गल्स ट्वाइलेटमा मेरा कुरा हुन्थे

इनेप्लिज २०७५ चैत २७ गते १०:४६ मा प्रकाशित


पोखराको बैदामका १८ वर्षिय अश्विन कार्कीलाई आजकल सबैले प्याडमेन भनेर बोलाउछन् । एक वर्ष अगाडी देखि उनले घरमा पाइने सामानबाट महिलाहरुको महिनावारीमा प्रयोग हुने प्याड बनाउने र महिनाबारीको बारेमा जानकारी दिदै सचेतनाको काम गरिरहेका छन् ।
पहिलादेखि उनकी आमालाई महिनाबारी भएको बेला धेरै रक्तश्राव हुने गर्दथ्यो । यसको समाधानका लागि ममीले धेरै कपडा प्रयोग गर्नुहुन्थ्यो । त्यो काम निके कष्ठकर हुन्थ्यो । त्यसको व्यवस्थापनका लागि अश्विनले प्याड बनाउने सोच बनाए । उनको यो काममा ममी र दिदीहरुले सहयोग गरे । अश्विन भन्छन् – “मैले बनाएको पहिलो प्याड नै ममीले प्रयोग गर्नुभयो ।”

अश्विनले आफ्नो यो अभियानलाई गाउँ गाउँसम्म पुर्याउने योजना बनाएका छन् । उनले केहि समय पछि नेपालको सुदुरपश्चिममा आफ्नो अभियान संचालन गर्ने बताएका छन् ।

नेपाली समाजमा महिनावारीको बारेमा रहेको सोचलाई परिवर्तन गर्दै यो विषय सामान्य विषय हो, नियमित विषय हो भन्ने चेतनाको विकास गर्न जरुरी रहेको उनको भनाइृ रहेको छ ।

हुनत स्कुलमा पढ्दा साथीहरुले महिनाबारीको बारेमा बोल्दा के बोलेको, लाज नभएको भन्दै खिस्सी गरे, महिलाको सौचालयमा उनको बारेमा हल्ला गरे तर अहिले अश्विनको अभियानमा सहयोग गर्न आईरहेका छन् त्यसैले पनि अश्विन आफ्नो यो अभियानमा सफल भईरहेको र आगामी दिनमा पनि सफल हुने विश्वास लिएका छन् ।

प्रतिक्रिया