न त जात ले रोक्यो न त उमेर ले: श्रीमान श्रीमती भनेको रथको दुई पाङ्ग्रा,नेपालमा गर्दै यस्तो काम।(भिडियो सहित)

इनेप्लिज २०७५ चैत २७ गते १०:४१ मा प्रकाशित

बिदेशमा बसेर पनि नेपाल र नेपाली बारे सोच्ने थुप्रै नेपालीले स्वदेश प्रती आफ्नो कर्तव्यलाई चिन्ने र चिनाउने प्रेरणादायी काम गर्दै आएका थुप्रै उदाहरण छ्न त्यस्तै उदारहरण बनेका छन खोटाङमा जन्मिएर बेलायती सरकारी सेवामा कार्यरत हिराधन राई र उन्को जीवन सङ्गिनी रोजिना प्रधान राई । थुप्रै सामाजिक काम गर्दै आएको यो जोडिले सामाजिक कार्य गर्नकै निम्ति रोजि हिरा फाउन्डेसन निमार्ण गरेर नेपालका दुरदराज देखि दैबी बिपत्तिका समस्याहरुमा समेत सहयोग र सेवा गर्दै आएका छन ।

कुरा र प्रचारमा भन्दा काम र ब्यवहारमा बिस्वास गर्नु पर्छ भन्ने मान्यता बोकेको यो जोडि खास्सै आफ्नाकामलाई चर्चा र प्रचारको विषयबनाउन नरुचाउने भए पनि यो पटक सामाजिक कार्यकैलागि नेपाल आएको मौका पारेर क्याप्टेन बिजयलामाले मिडिया सामु प्रतुतगराउने बाताबरण बनाइदिए पछि यो जोडि एकसाथ मिडियामा आएर आफुहरुले गरेका सेवाका कार्य ,भाबी कारेक्रम र योजना समेत प्रस्तुत गरेका छन ।

प्रतिक्रिया