क्याप्टेन विजय लाई दिए अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखले स्पष्टीकरण,जे भयो-भयो अब नदोहोरियोस्।(भिडियो सहित)

इनेप्लिज २०७५ चैत २७ गते १०:३९ मा प्रकाशित

नेपाल एयरलाइन्स को जहाजलाई आर्थिक र मानसिक क्षति पुग्ने गरि सामान्य अवस्थालाई कारक बनाएर नियतबस अवरोध गरिएको भन्ने आरोप लगाउदै क्याप्टेन बिजयलामाले सार्बजनिक रुपमा अभिव्यक्ति दिए सगै यसको सत्य तथ्य छानबिनकालागी सरकारले छानबिन समिती गठन गरिसकेको र छानबिन समितिलाई आफुले सगाइ रहेको अन्तरास्ट्रिय विमान स्थल नागरिक उड्यन कार्यलयका महानिर्देसक राज कुमार छेत्रीले बताउनु भएको छ । विमान स्थलको धावनमार्ग निर्माण कार्यको सर्कुलर सबैलाई हुदाहुदै आउट टाइम र ब्लक टाइमलाई बेवास्ता गरेर आफै बिबाद सिर्जना गर्नु संबेदनसिल कुरा भएको भन्दै महानिर्देशक छेत्रीले नेपाल एयरलाइन्स प्रती आफ्नो कुनै पुर्वाग्रह नभएको र एयरलाइन्स आफुहरुको गौरव को विषय भएको बताएका छन ।

नेपाल एयरलाइन्स ले निर्देसित टाइम भित्र आफ्नो तयारी पूरा नगर्दा र समयको पालना गर्न नसक्दा टावर र इन्जिनियरले जहाज उडाउन नसकेको बताउदै त्यही कारण नेपाल एयरलाइन्सले आर्थिक र मानसिक नोक्सानी बेहोर्नु परेको र यस्मा दोसिको हो भन्ने बारे सरकार स्वयं छानबिनमा लागेको कारण यश बारे आफुले थप कुनै कुरा अगाडी नै बोल्नु उपयुक्त नभएको बताउदै आगामी दिन मा यस्तो नहोस भन्नेमा सबै सचेत रहनु पर्ने धारणा समेत ब्यक्त गर्नु भएको छ भने अन्तरास्ट्रिय बिमानस्थल भित्र भै रहेका सम्पुर्ण गतिविधि को जानकारी समेत गराउनु भएको छ।

प्रतिक्रिया