क्याप्टेन विजय लामा गर्जीदै यसरी पोखे आक्रोस: ४मिनेट ठिलो हुदा विमान उड्न नदिने तर विदेशी विमानलाई समय मिलाइदिने।(भिडियो सहित)

इनेप्लिज २०७५ चैत २७ गते २:०२ मा प्रकाशित

क्याप्टेन एवम नेपाल एयरलाइन्सका प्रवक्ता बिजय लामाले अन्तरास्ट्रिय विमान स्थलमा गरिएको राष्ट्रिय ध्वजाबाहक जहाज ,त्यसमा सवार यात्रु ,पाइलट र सिङ्गो नेपाल एयरलाइन्स माथीको अपमान र दुर्व्यवहार प्रती आक्रोश ब्यक्त गरेका छन । विमान स्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न यात्रु समेत जहाजमा बसिसकेर ढोका लागि सकेको नेपाल एयरलाइन्सको जहाजलाई मिनेटको समय सम्म नदिएर क्यानले करोडौं नोक्सानी सहित यात्रु र पाइलट प्रती जोखिम पुर्ण मानसिक तनाब उत्पन्न गराएर जहाज उडाउन नदिनु को नियत बारे प्रश्न उठाएका छन । गोप्य रुपमा धावनमार्ग बनाउने सैलि सिभिल एभिएसन को अन्तरास्ट्रिय नियम र मान्यता बिपरित भएको भए पनि जनतालाई र सञ्चारमाध्यमलाई कुनै सुचना नै नदिइ काम भैरहेको विषय पनि सगै उद्द्घाटित भएको छ ।

अन्तरास्ट्रिय जहाज र नेपाल एयरलाइन्स को जहाजमा भेदभाव पुर्ण व्यवहार भै रहेको भन्दै लामाले यात्रामा तयार रहेका सबै यात्रु र पाइलटलाई ४ मिनट समय समेत नदिइ उडान ब्लक गर्दा यात्रु ले ठूलो सङ्कट बेहोर्नु परेको भन्दै राष्ट्रिय ध्वजा बहाक जहाज माथी नियतनै खराब राखेर यसो गरिएको हुन सक्ने आसङ्का समेत ब्यक्त गरेका छन । नेपाल एयरलाइन्स सबैको साझा र गौरब रहेको ले यस्लाई बचाइराख्न सबै जवाफदेही भएर काम गर्न आवस्यक रहेको बताएका छन । यो दुर्ब्यवहारले पुगेको आर्थिक ,मानसिक नोक्सानी को हिसाब र प्रतिबेदन तयार भै रहेको भन्दै लामा ले त्यो क्षति बेहोराएरै छाड्ने समेत उल्लेख गरेका छन।

प्रतिक्रिया