शिव परियारको स्वर र संचारकर्मी रवि अधिकारीको शब्दमा रहेको ‘आँशुको अर्थ २’को समाचार तपाइको मेडिया बाट प्रकासन गरेर सहयोग गर्दिनु होला -पत्रकार रबि अधिकारी

इनेप्लिज २०७५ चैत २७ गते १:४६ मा प्रकाशित

 

नेपाली आधुनिक सुगम संगीतका बादशाह चर्चित गायक तथा संगीतकार शिव परियारको स्वर रहेको सुपरहिट गीत ‘आँशुको अर्थ’को भाग २ ‘आँशुको अर्थ २ – ‘मेरो भागको खुशी तिमीलाई मिलोस’को भिडियो सार्वजनिक गरिएको छ ।’आँशुको अर्थ’लाई युट्युबमा करिब एक करोड १६ लाख पटक हेरी सकिएको छ ।

‘आँशुको अर्थ’गीतलाई दर्शक तथा स्रोता निकै मन पराए पछि शिव परियारको स्वर तथा संगीतमा आँशुको अर्थ २ – ‘मेरो भागको खुशी तिमीलाई मिलोस’को भिडियो सार्वजनिक गरिएको हो ।यस गीतलाई संचारकर्मी रवि अधिकारीले लेखेका हुन् । ।गीतलाई संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् ।

‘आँशुको अर्थ २ – ‘मेरो भागको खुशी तिमीलाई मिलोस’ गीतको भिडियोमा नायक तथा मोडल सन्नी सिंह र नायिका तथा मोडल ज्योत्सना योगीको जिवन्त अभिनय रहेको छ । ‘आँशुको अर्थ’मा भने नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय रहेको थियो ।

यस भिडियोलाई चर्चित म्युजिक निर्देशक निकेश खड्काको निर्देशन गरेका हुन् । बुद्ध थापा को छायांकन र धमला बिकाशको सम्पादन रहेको छ यस गीतमा सृष्टि थापा मगरको मेकअप रहेको छ ।

गायक शिव परियारलेको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको यस गीतलाई शिवले बजारमा आउन लागेको आफ्नो एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा समाबेश गरेका छन ।यस गीतलाई स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको हो भने महेश्वर मान राजभण्डारीले भने यस गीतलाई रेकर्डिङ ,मिक्सिङ ,मास्टरिङ गरेका हुन ‘।

 

प्रतिक्रिया