कुकुरले बाघ मार्यो, कुकुर र बाघबीच एकघण्टा लडाई, यसो भन्छन् प्रत्यक्षदर्शी (स्थलगत रिपोर्ट)

इनेप्लिज २०७५ चैत २७ गते १:२० मा प्रकाशित


गोरखा जिल्ला पालुङ्टार नगरपालिका वडा नं. ९ को भोर्ले गाउँमा कुकुरले बाघ मारेको छ । सुन्दा पनि अचम्म लाग्ने घटना पालुङ्टरामा घटेको हो । बाख्रा फार्मको लागी पालिएका कुकुरले बाघ मारेका हुन् । भोर्लेको बाख्रा फार्म संचालन गरेर बसेका प्रकाश लामाका अनुसार ६ वटा कुकुर मिलेर एक ठूलो चितुवा बाघ मारेको बताए । बाघसंगको लडाईमा एउटा कुकुर मरेको र अन्य पाँच कुकुरहरु गम्भीर घाईते भएका थिए । बाख्रा फार्म नजिकैबाट सानो कुकुरलाई बाघले आक्रमण गरेपछि अन्य कुकुरहरु पनि बाघको पछि लाग्दै करिब १ घण्टाको लडाईले बाघ मरेको स्थानीय लोकबहादुर राना बताउँछन् । आफुहरुले बाघ र कुकुरको अन्तिम लडाई समेत देखेको रानाको दाबी छ । रानाका अनुसार बाघको आक्रमणबाट घाईते घएपछि दुई कुकुरहरुलाई बोकेर ल्याउन परेको समेत बताए ।

पालुङ्टार नगरपालीका वडा नं. ९ का अध्यक्ष भेजराज पाण्डेका अनुसार यो घटनाले सबैलाई अचम्मीत तुल्याएको र आफूले पनि प्रत्यक्ष देखेको बताएका छन् । फर्म संचालक लामाले आफूलाई फोन गर्दा पत्यार नलागेको र घटनास्थल आउँदा आफ्नै आँखाले देखेको वडाध्यक्ष पाण्डेले बताएका छन् । हेरौं यो स्थलगत रिपोर्ट

प्रतिक्रिया