राजु परियारको पुनरागमन, नसोधन मलाई भन्दै आए (भिडियो सहित)

इनेप्लिज २०७५ चैत २७ गते १:०५ मा प्रकाशित
काठमाडौ । कुनै समय नेपाली लोकगीतको बजारमा एकछ्त्र स्वर भर्ने गायकको परिचय बनाएका राजु परियारको पुनरागमन भएको छ । उनी नेपाली साङ्गीतिक बजारमा नसोधन मलाई बोलको गीतको साथमा आएका हुन ।
रुपेश बाग्चनको मर्मस्पर्शी शब्द तथा लय रहेको गीतको भिडियो नेप्को ईन्टरटेनमेण्टको युट्युव मार्फत सार्वजनिक भएको छ । गीतको भिडियोमा देव तामाङले अहिलेकी चर्चित मोडक साया भण्डारी सङ्ग स्कृन शेयर गरेका छन भने रुपेश बाग्चनले पनि तारिफ योग्य अभिनय गरेका छन । भिडियोको छायांकन जीवन श्रेष्ठको रहेको छ भने सम्पादन र निर्देशन तुलसी बास्कोटाको रहेको छ ।
हेर्नुहोस पूरा भिडियो

प्रतिक्रिया