गत शनिबार दिउँसो करिब पौने तिन बजेतिर उक्त घट्ना घटेको थियो। लालीमायाले शुरुमा खुर्पाले सुकरामको खुट्टामा प्रहार गरिकी थिइन्। चोट लागे पछि घाइते भएका सुकरामलाई लालिमायाले अन्य धारिलो हतियार समेत प्रहार गरेकी थिइन्। लीलामायाले श्रीमानको त ज्यान नै लिइन् ७६ वर्षिया वृद्धा फुपुलाई समेत् छाडीनन्। लालीमाया र सुकरामको झगडा छुट्टाउन जाँदा सुकरामकी फुपूदिदी समेत् घाइते भएकी छिन्। उनको खुट्टामा गहिरो चोट लागेको कारण टाँका लगाइएको छ। गत शनिबार लिलामाया र सुकुराम झगडा हुनु अघि उनी सुतिरहेकी थिइन्। उनी झगडा सुन्ने पछि छुट्टाउन गईन। कान्छी माया भन्छिन, ‘घटना हुने दिन घरको माहोल शान्त थियो पछि अचानक त्यस्तो घटना हुन पुग्यो। मलाई पनि बुहारीले खुर्पाको उल्टो पट्टिबाट पिटिन नत्र मलाई पनि मार्थिन। खुर्पाले गर्दन, हात र खुट्टामा हानिन्।’ मृतककी फुपू कान्छी माया तामाङको अनुसार, उनीहरुको सधै झगडा हुने गर्थ्यो। लालिमाया मादक पदार्थ सेवन गरेपछि श्रीमानलाई अनेक गालि गलौच गरी हात हाल्ने गर्थिन जसकारण उनीहरु छुट्टाछुट्टै भान्छा गरेको नै २० वर्ष नाघिसक्यो। लीलामाया र सुकुरामका ६ छोरा ३ छोरीको छिन्। लिलामायाले प्राय मादक पदार्थ सेवन गरी श्रीमानलाई कुट्ने पिट्ने र बालबच्चालाई पनि अनेक गाली गर्ने गर्थिन। खुर्पा प्रहार गर्ने लालीमाया तामाङलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया