लक्ष्मण, डब्बु र सवीलाई अग्रज पत्रकारिता पुरस्कार

इनेप्लिज २०७५ चैत २६ गते २१:५३ मा प्रकाशित

काठमाडौं – फिल्म, निर्माता तथा रंगपत्रकारलाई एकसाथ सम्मानित हुने भएका छन् । बक्स अफिस फिल्म क्लब नेपालले आगामी २८ गते राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म, फिल्मकर्मी र रंगपत्रकारलाई एकसाथ सम्मान गर्न लागेको हो ।

‘नयाँ बर्षलाई स्वागत तथा पुरानो बर्षलाई बिदाइ’ शिर्षक राखिएको कार्यक्रममा राजधानी दैनिकमा कार्यरत डब्बु क्षेत्री, नयाँपत्रिका दैनिकमा कार्यरत लक्ष्मण सुवेदी र सगरमाथा तथा इण्डिजिनीयस टेलिभिजनका महिला पत्रकार सवि कार्कीलाई ‘अग्रज पत्रकारिता पुरस्कार २०७५’बाट सम्मानित हुनेछन् ।
पुरस्कारमा नगद सहित ट्रफि र प्रमाणपत्र समेत रहेको छ ।

त्यस्तै कार्यक्रममा फिल्म लिलिबिली, छक्का पन्जा ३, जय भोले, बबि, नाइ नभनु ल ५, कायरा ,इन्टुमिन्टु लन्डनमा, भैरे, रामकहानी, चंगा चेट, प्रसाद, क्याप्टेन लगायत १२ चलचित्रलाई ‘बल्क बस्टर अवार्ड २०७५’बाट सम्मान गरिनेछ । यसबर्ष प्रदर्शनमा आएका र दर्शकले रुचाएका १२ चलचित्र अवार्डका लागि छानिएको आयोजक बक्स अफिस फिल्म क्लब नेपालका आरके सुवेदीले बताए ।

कार्यक्रममा फिल्म निर्माता गोविन्द शाही, दिपकराज गिरी, अशोक शर्मा, मिलन चाम्स, विकास आचार्य, आर्यन सिग्देल, प्रज्वल शमशेर जबरा, सूर्य बोहरा, सुदर्शन थापा र पुजा शर्मा, माधव वाग्ले, सुवास थापा, भुवन केसीलाई समेत ‘बल्क बस्टर फिल्म अवार्ड २०७५’बाट सम्मानित हुनेछन् ।

नेपाली फिलम क्षेत्रलाई आर्थिक रुपले समृद्धि बनाउन केही हदसम्म महत्वपूर्ण योगदान दिने निर्मातालाई हौसला प्रदान अवार्ड समेत प्रदान गर्न लागिएको आयोजक सुवेदीको भनाई रहेको छ ।

प्रतिक्रिया