युटुबमा अत्याधिक भाइरल २७ बर्षपछि मिडियामा भाइरल भएकी उजेलीको रूहाउने कहानी|चलचित्रको नक्कली बिहेले स्कुल टेक्न पाईनन्

इनेप्लिज २०७५ चैत २६ गते ३:२४ मा प्रकाशित
बाल्यावस्थामै विवाह भइ चिकित्सकले चेतावनी दिँदा दिँदै आमा बनेकी १० वर्षीय उजेलीको कथा समेटिएको टेलिचलचित्र ‘उजेली’ अहिले भाइरल छिन।सन् १९९२ मा युनिसेफले बालविवाहको विरूद्धमा चेतना फैलाउन र कम उमेरमै विवाह गर्दा महिलाको जीवनमा पर्ने दुष्परिणामको बारेमा जानकारी दिन ‘उजेली’ निर्माण गरेको थियो । विभिन्न अवार्ड प्राप्त गरेको यो टेलिचलचित्र संसारभरका २० वटाभन्दा धेरै टेलिभिजन च्यानलहरूबाट प्रसारण भएको थियो ।
नेपाल अझै पनि बालविवाह उच्च भएका एसियाली देशहरूमध्ये शीर्ष स्थानमा पर्दछ । महिला र पुरूष दुबैका लागि विवाह गर्ने कानूनी उमेर २० वर्ष भएपनि २० देखि २४ वर्षका महिलाहरूमध्ये एक तिहाइभन्दा धेरैले आफ्नो विवाह १८ वर्षभन्दा कम उमेरमा र १० मध्ये एक महिलाले विवाह १५ वर्षको उमेर नपुग्दै भएको बताउँछन् ।
बालविवाह मानवअधिकारको उल्लंघन हो । यसले बालबालिकाको छनोटई सिमित बनाउँछ, उनीहरूको जीवनको बाटो नै बदलिदिन्छ र हिंसा तथा दुर्व्यवहारको उच्च जोखिममा राख्छ । बालविवाहले बालिकाहरूको पढ्ने अवसरलाई संकुचित बनाएको छ र बच्चा जन्माउने बेलामा मृत्युको उच्च जोखिममा राखेको छ ।

प्रतिक्रिया