आफ्नै आँखा अगाडी ४ जना छिमेकी च्यापिदा पनि केहि गर्न सकिन ! हावा कसरी आयो यी वृद्धले भने यस्तो कुरा

इनेप्लिज २०७५ चैत २६ गते ३:२१ मा प्रकाशित
असिनापानीसँगै आइतबार साँझ बारा र पर्सामा आएको शक्तिशाली हुरीमा मृत्यु हुनेको संख्या २७ पुगेको छ भने ४ सयभन्दा बढी घाइते छन् ।

बाराको फेटा गाउँपालिकाको करिब २ सय किमिको सेरोफेरोमा सर्वाधिक जनधनको क्षति भएको छ। आधा घण्टामा करिब १८ किमि विध्वंसकारी याक्रा गरेको शत्तिशाली हुरीले प्रत्येक बस्ती करिब ३ मिनेटमै तहसनहस बनाएको हो।

६२ वर्षे महन्थ रामलाई लागेको थियो – आइतबार साँझको हावाहुरी पनि अघिल्ला चैतहरूको झैं सामान्य नै होला । साँझ ७ बजे सुरु भएको असिनापानीसहितको हुरी नथामिए पनि त्यसले खासै क्षति पुर्‍याएको थिएन ।

जब सवा ७ बज्यो, घरको पश्चिमतर्फबाट अचानक ठूलो बबन्डर आयो । सुरुमा पश्चिम, त्यसपछि पूर्व र उत्तरबाट चल्न थालेको भुमरी करिब ३ मिनेटको मात्र थियो । तर त्यही ३ मिनेटमा गाउँमा महाविनाश मच्चियो । बस्ती पूरै उजाडियो ।

प्रतिक्रिया