घरको पिँढीभरी अपाङ्ग छोरा, यसरी बित्दैछन् जयमतीका दुखका दिन ! छोरी जति बिहे गरेर गए छोरा जति अपाङ्ग भए

इनेप्लिज २०७५ चैत २६ गते ३:१५ मा प्रकाशित
बाराको फेटा गाउँपालिकामा केहि दिन अगाडी हावाको कारण करोडौँको जनधनको क्षति भयो । हामी पनि त्यहाको अवस्था बुझ्न बारा पुगेका थियौँ । रिपोर्टीङकै शिलशिलामा मेरा आँखा एक अपाङ्ग किशोर तिर पुग्यो । हावाले उनको घरको माथिका केहि इट्टा खसेका थिए । उनी नजिक जान मन लाग्यो उनी नजिकै पुग्दा उनि मात्र अपाङग रहेनछन् । उनी संगै उनका २ भाई पनि उनि जस्तै रहेछन् ।

जबाहार मुखिया र जयमति मुखियाका ३ जना छोरा सबै यस्तै अपाङ्ग छन् । जयमतिले घरमा छोराहरुलाई हेर्दै सानो पसल चलाईरहेकी छन् । उनिहरुमध्ये सञ्जय मुखिया जेठा छोरा हुन् । उनि २० वर्षका भए, सन्दिप मुखिया १४ वर्षका भए भने कान्छा मनोज १० वर्षका भए ।  उनिहरु बोल्न सक्छन् तर उठ्न सक्दैनन् । सानोमा घर वरपर राम्रोसग हिडडुल गर्ने उनिहरु पछि एक्कासी हिडडुल गर्न नसक्ने भएको जयमतीले बताईन् ।

उनिहरुले ति छोराहरुको उपचारको लागि काठ्माण्डौ सम्म लगेछन् तर डाक्टरले उपचार सम्भव नहुने भनेपछि अहिले घरमा ल्याएर राखेका छन् । बिहान बेलुका भित्र बाहीर अरुले नै गरिदिनुपर्छ । दिसा पिसाबको लागि पनि अरुलाई गुहानुपर्ने समस्या रहेको उनको भनाई रहेको छ । उनिहरुका छोरा अपाङग भएपनि छोरीहरु सपाङ्ग रहेको जयमतीले बताईन् ।

प्रतिक्रिया