सात सय परिवारलाई निश्श७३घढसल्क सिलिन्डर ग्याँस

इनेप्लिज २०७५ चैत २५ गते ११:२६ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

रौतहटको गरुडा नगरपालिका ५ अमरपटिकी रसिदा नटिनले ग्याँस भरिएको सिलिन्डर, रेगुलेटर, पाइप र चुल्हो एकसाथ पाउँदा अनुहारको रंग नै बदलियो । उनको अनुहारमा खुसीको लहर यसरी देखियो मानौँ ठूलो सम्पत्ति पाएकी छन् ।

विपन्नताको कारण अहिलेसम्म अर्काको खेतबारीको उखुको जरा, पात र खोला किनारको झारबाट दाउरा बाल्दै आएकी रसिदाले छिमेकीहरुजस्तो आजैबाट ग्यास चुल्होमा खाना पकाउन पाएपछि खुसी देखिएकी हुन् । संघीय निर्वाचनको वेला तत्कालीन उम्मेदवार प्रभु साहले सबै परिवारलाई धुवाँमुक्त बनाउँदै ग्याँस सिलिन्डर वितरण गर्ने वाचा गरेअनुसार शिवनगरमा सोमवार आयोजित ग्याँस सिलिन्डर तथा चुल्हो वितरण कार्यक्रममा उक्त सामान पाएपछि हर्षित भएकी हुन् ।

रसिदाले जस्तै लक्ष्मीपुर, शिवनर र ठेठरहियाका सात सय परिवारले एक साथ सिलिन्डर प्राप्त गरेका छन् । नेकपाको प्रदेश २ का अध्यक्षसमेत रहेका साँसद साहले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो क्षेत्रलाई धुवाँमुक्त भान्छा बनाउने घोषणा गरेकोमा सबै परिवारमा ग्याँस सिलिन्डर वितरण गर्ने अभियान सञ्चालन गरेको बताएका छन् ।
सर्वसाधारणको स्वास्थ्यसित मात्र नभई समयको बचत हुने, महिलाको आत्मसम्मान बढ्ने र विभिन्न समस्याबाट बचाउने हुनाले आफूले आवश्यक ठानी अभियान सञ्चालन गरेको स्पष्ट पारेका छन् । आफूले

चुनावको क्रममा गरेका सबै वाचा पूरा गरी छाड्ने प्रतिबद्धता पनि साँसद साहले व्यक्त गरेका छन् । नागरिकको सहायताले आफूले जनताको लागि काम गरिरहेको पनि साँसद साहले बताएका छन् । साँसद साहले अब गहुँको कटनी सकिने लगत्तै सडक पूर्वाधारतिर तीव्र विकास हुने पनि घोषणा गरेका छन् ।

कार्यक्रममा संघीय साँसद सदस्य समिना हुसैनले महिलाहरुले ग्याँस सिलिन्डर र चुल्होको सही तरिकाले सदुपयोग गर्नुपर्ने सल्लाह दिएकी छिन् ।
प्रदेश साँसद कुन्दनप्रसाद कुशवाहाले यस कार्यक्रमले महिला स्वस्थ्य र सशक्त हुने अपेक्षा लिएको बताएका छन् । यसै गरी पूर्व साँसद देवेन्द्र पटेलले रौतहटको धरतीबाट विकासको नयाँ नयाँ मूल फुटेर देशभर प्रसार भइरहेको बताउँदै सबै जना सकारात्मक भएर लागे जस्तो सुकै काम पनि सम्भव हुने बताएका छन् ।

कार्यक्रममा मौलापुर नगरपालिकाकी मेयर रिनाकुमार साहलगायत विभिन्न क्षेत्रका नेता, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रतिक्रिया