प्रम केपी ओलीलाई धुर्मुस सुन्तलीसँग चुनाव लडेर देखाउन शाहीले दिए चुनौती (भिडियो)

इनेप्लिज २०७५ चैत २४ गते १३:२७ मा प्रकाशित

पिएनपिखबर : युवा विश्लेषक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री ओलीलाई धुर्मुस सुन्तलीसँग चुनाव लडेर देखाउन चुनौती दिएका छन्। प्रधानमन्त्री ओलीले कुनै पनि प्रतिबद्दता पालना नगरेको भन्दै शाहीले आक्रोश पोखे। प्रधानमन्त्री नाटककार भन्दा कम नभएको शाहीले टिप्पणी गरेका छन्।

प्रधानमन्त्री ओली अधिनायकवादतर्फ लागिरहेको बताउँदै उनले भने, ‘आफुले गरेको गलत कार्यको विरोधीलाई अरिङ्गाल जसरी आफ्ना कार्यकर्तालाई लाग भनेका छन् जुन अधिनायकवाद तर्फ लागेको सङ्केत हो। संविधानको नियम विरुद्ध गएर प्रधानमन्त्रिले सेना परिचालन गर्न खोज्नु पनि तानशाही हुनु हो।’ प्रधानमन्त्रीलाई सेना परिचालन गर्ने अधिकार नभएको उनले बताए ।

राज्यका प्रमुख अंग न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामाथि प्रधानमन्त्रीले हस्तक्षेप गरेको भन्दै उनले भने, ‘रविन्द्र अधिकारी दोषी छैनन् भनेर घोषणा गरेका छन् जुन प्रधानमन्त्रीको अधिकार होइन। राज्यको प्रमुख अंगले गर्नु पर्ने अधिकार आफुले नै गरेका छन् जुन गलत छ।’ जनताको स्वतन्त्रा र हकमाथि खेलबाड गरेको उनको आरोप छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया