खुर्पा प्रहार गरी आफ्नै श्रीमानको ज्यान लिइन्, कस्ति क्रुर श्रीमती !

इनेप्लिज २०७५ चैत २४ गते १३:१८ मा प्रकाशित

पिएनपिखबर : काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपीस्थित थिङ्ग गाउँमा श्रीमतीको खुर्पा प्रहारबाट ६५ वर्षीय श्रीमान सुकराम तामाङको ज्यान गएको छ। ५५ वर्षीया लालीमाया तामाङले रक्सिमा लिप्त भएर श्रीमानको हत्या गरेकी हुन्।

गत शनिबार दिउँसो करिब पौने तिन बजेतिर घरमै खुर्पा प्रहार गरी श्रीमानको हत्या गरेको स्थानीयवासिन्दाले जनाएका छन्। लालीमायाले शुरुमा खुर्पाले सुकरामको खुट्टामा प्रहार गरिकी थिइन्। चोट लागे पछि घाइते भएका सुकरामलाई लालिमायाले अन्य धारिलो हतियार समेत प्रहार गरेकी थिइन्।

लालीमाया र सुकरामको झगडा छुट्टाउन जाँदा सुकरामकी फुपूदिदी समेत् घाइते भएकी छिन्। उनको खुट्टामा गहिरो चोट लागेको कारण टाँका लगाइएको छ। लीलामाया र सुकुरामका ६ छोरा ३ छोरीको छिन्। उनीहरुसँगवृद्धा फुपू पनि बस्छिन। खुर्पा प्रहार गर्ने लालीमाया तामाङलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ।

घटनाको बारे बताउँदै प्रत्यक्षदर्शी भन्छन, ‘केराको पात काटेको जस्तो गरी लिलाले श्रीमानको खुट्टा लगायत शरीरको विभिन्न भाग काटिन्। प्रायजसो सुकुरामको घरमा रक्सि खाएर सधै झगडा भईरहने गर्थ्यी। उनीहरु छुट्टाछुट्टै भान्छा गरेको नै १७ वर्ष नाघिसक्यो। तर घटना हुने दिन घरको माहोल शान्त थियो पछि अचानक त्यस्तो घटना हुन पुग्यो।’ शवलाई बनेपास्थित शिरमेमोरियल अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

प्रतिक्रिया