सत्य -स्वरुप राज आचार्य को गुरु दछिणा “शराबी ” गायक श्याम सुन्दर आचार्य लाइ

इनेप्लिज २०७५ चैत २३ गते २:२९ मा प्रकाशित

“बार बर्ष पछि खोला पनि फर्कन्छ “भन्ने उक्ति लाई चरितार्थ गर्दै कलाकार श्याम सुन्दर आचार्य गाएन क्षेत्र मा फर्केका छन् । आफ्नो कमब्याक गित “शराबी “लिएर दर्शकका माझ आएका उनि गित संगीतको छेत्रमा स्थापित नाम हो ।

विभिन्न परिस्थितिका कारण देश बाहिर रहेर पनि देशको कला संगीतलाई माया गर्ने र आफ्नो स्रिजना लाई निरन्तरता दिन कलाकारहरु लागि परिरहेका हुन्छन, श्याम सुन्दर आचार्य तिनै मध्येको एक नाम हो ।

बिगत १२ वर्ष देखि अमेरिकामा परिवार सहित बसिरहेका यी गायकलाई गीत संगीतमा सानै देखि रुचि भएका कारण भारतमा गइ संगीतको अध्ययन समेत गरेका थिए । अध्ययन सकेर नेपाल फर्के पछि २०५८ सालमा निकालिएको पहिलो एलबम ” मलाई माफ गर” मार्फत चर्चाको शिखरमा पुगेका श्याम सुन्दरले दोस्रो एल्बम “मायामा ” ल्याएका थिए । काठमाडौंमा अनुराग संगीत स्कुल समेत संचालन गरेका उनका शिष्यहरु हाल नेपाली गित संगीतको छेत्र मा चर्चा को शिखरमा पुगेका छन् ।उनैका शिष्यहरु मध्यका एक स्वरूप राज आचार्य ले नै यस गीतको संगीत दिएका छन् ।यसअघि २ वटा म्युजिक एल्बम सार्वजनिक गरिसकेका यी गायकले अहिले सोलो गीत तथा भजनहरु सार्वजनिक गर्दै आएका छन् ।

भर्खरै मात्र उनको आफ्नै च्यानल मार्फत बजारमा सार्वजनिक भएको उनको नयाँ गीत ‘शराबी ’ लाई दर्शकले माया र साथ दिने आशा गरिएको छ ।

उनको आफ्नै एकल स्वर र स्वरुप राज आचार्य को संगीत रहेको यस गीतमा अमृत खतिवडा भान्जाभाई को शब्द रहेको छ भने नोर्बु शेर्पा को संगीत सयोजन रहेको छ ।

गौरब गिरी को निर्देशन रहेको यस गीत मा क्रिएटिभ निर्देशक खेम राज शिवाकोटी रहेका छन् भने म्युजिक भिडियो का चर्चित कलाकार प्रतिभा छेत्री र प्रवेश अर्याल को अभिनय रहेको छ।

प्रतिक्रिया