टेक्ससमा आईसीई द्वारा छापा मार्दा २ सय ८० जना पक्राउ

इनेप्लिज २०७५ चैत २१ गते ०:४१ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको एलेनमा इमिग्रेसन एण्ड कस्टम इनफ्रोसमेन्ट र होम ल्याण्ड सेक्युरिटी अनुसन्धानले भ्रमण ध्वनि ( सेलफोन ) मर्मत केन्द्रमा छापा मार्दा २ सय ८० जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरे पछि हत्कडी सहित ठूलो यात्रियान (बस) मा हाली लागिएको समाचार छ ।

उनीहरुलाई बुधबार अप्रिल ३ तारिखका दिन छापा मारिएको हो । यो अहिले सम्म कै दशक को सबै भन्दा ठूलो छापा मारिएको हो । उत्तर टेक्सस स्थित उक्त व्यवसाय संचालनमा रहेको छ ।

आइसीआइ तथा होमल्याण्ड सेक्युरिटी अनुसन्धानका अनुसार आप्रवासीहरु कामदारहरु गैर कानुनी रुपमा कामदार राखी काम लगाएको उनीहरु माथि आरोप छ ।

सिभीई टेक्नोलोजी ग्रुप इन्क सँस्थालाई उनीहरु संग कानुनी कागजात नभएको थाहा पाएता पनि उनीहरुले भर्ना गरेको आरोप लगाएका छन् । यसको साथै भर्ना गर्ने क्रममा भरिने आई- ९ फारममा पनि अनियमतता गरेको समेत समाचार छ ।

टेक्सस ड्यालस बाट उत्तर पूर्व स्थित एलेन २० माइल टाडा छ । गैर कानुनी रुपमा बिदेशी भर्ना गर्ने र अस्वस्थ्य व्यापारमा प्रतिस्प्रद्धा गरि अनुचित फाइदा उठाई रहेको होमल्याण्ड सेक्युरिटी अनुसन्धानका बिशेष प्रतिनिधिले बताएका छन् । उनका अनुसार अमेरिकन नागरिक र कानुनी रुपमा बसोबास गर्ने नागरिकको जागिर धराप पार्ने र गैर कानुनी रुपमा आएकालाई शोषण गर्ने बताएका छन ।

१० बर्ष पछि सबै भन्दा ठूलो छापा मारिएको हो ।

समाचार श्रोत : युपीआई

प्रतिक्रिया