काठमाडौँमै पाइन्छ १०० रुपैयाँमा मासुभात, मासिक २ लाख आम्दानी (भिडियोसहित)

इनेप्लिज २०७५ चैत २० गते २:२९ मा प्रकाशित
पिएनपिखबर : श्री दोलखा दिब्य गेस्ट हाउस एण्ड भोजनालयका संचालक इन्द्र बहादुर श्रेष्ठले यस्तो महंगीको समयमा पनि १ सय रुपैयामा मासुभात खुवाइ रहेका छन्। जुन सुन्दा तपाईलाई विश्वास नलाग्ला तर उनको भोजनालयमा सबै कुरा सुपथ मुल्यमा पाइन्छ।

यहाँ मजदुर देखि काठमाडौँमा घर भएकाहरु पनि आउछन। उनको भोजनालयमा धेरै जसो खाडी मुलुक जाने र हस्पिटलका कुरुवाहरु आउने गर्छन। सस्तोमा मासुभात खाना पाउदा ग्राहकहरु सन्तुष्टि भएर जान्छन।

१ सय रुपैयामा मासु भात बेचेर पनि उनले मासिक १ देखि २ लाखसम्म आम्दानी गरिरहेका छन्। उनले शाकाहारी खाना सेटको प्रति प्लेट ७० रुपैयामा नै खुवाईरहेका छन्। उनको भोजनालयमा हरेक दिन ग्राहकको लाइन हुन्छ।

बिगत २४ बर्ष देखि उनले भोजनालय श्रीमती छोरा परिवारको सदस्यकै भरमा संचालन गरिरहेका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया