कठै बिचरा कोहि घरभित्रै च्यापिए, कसैलाई गाडी सहित उडायो, बारा पुग्दा यस्तो देखियो, भुमरीमा परेका घाइतेहरु यस्तो भन्छन् (भिडियो सहित)

इनेप्लिज २०७५ चैत २० गते २:०२ मा प्रकाशित

 

आईतवार आएको भिषण आँधी हुरीमा परेर बारा र पर्सामा ३० जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर ३० जनाको मृत्यु भएको हो । आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए ।

मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर दर्जनौ घर भत्केका छन् भने ४०० भन्दा बढि मानिस घाईते भएको जनाइएको छ ।

सोमबार दिउँसोबाट फेका गाउँपालिकाले चिकित्सकहरुको टोली र स्वास्थ्य सामग्रीहरु पठाउनुका साथै खानाका लागि च्युरा, दालमोटलगायतका राहत वितरण गरेको छ । आँधी तुफानबाट घाइते भएका २ सय ८२ जनाको बारा र पर्सा जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका ६ जनालाई नेपाली सेनाको स्काई ट्रक विमानबाट काठमाडौँ लगिएको छ ।

घाइतेहरुको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार हुँदै छ । त्यस्तै १ सय १६ जनाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ भने नेसनल मेडिकल कलेज, वीरगन्जमा १ सय जनाको उपचार भइरहेको छ ।हेर्नुहोस भिडियो :

प्रतिक्रिया