लोकप्रिय सर्जक नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको लय शब्दमा मौलिक लोक दोहोरि गीत बजारमा आएको छ ।

इनेप्लिज २०७५ चैत २० गते १:४१ मा प्रकाशित

“औठी बेरुवाको” बोल रहेको उक्त गीतमा खेम सेन्चुरी र सम्झना भण्डारीको सुमधुर आवाज रहेको छ । म्युजिक भिडियोमा खेम सेन्चुरी ,बिनोद भण्डारी ,ओबी रायमाझी ,सम्झना भण्डारी लगायतको अभिनय रहेको छ ।

पृथ्वी इन्टरटेनमेन्टले यो गीतको बजार व्यवस्थापन गरेको छ । भिडियोको निर्देशन चर्चित निर्देशक शिव बिकले गरेका छन् । युट्युबमा अपलोड गरेको छोटो समयमानै दर्शकको राम्रो साथ पाएको यो गीतले प्रतिक्रिया पनि सकारात्मक पाएको छ ।

पुरानो भाकामा केहि नयापन दिएर तयार भएको गीतको मौलिकतालाई सबैले मन पराएका छन् भने युट्युवमा पनि प्रतिक्रिया राम्रो बटुलेको छ ।लोकदोहोरी गीतले पछिल्लो समयमा युट्युव ट्रेनडिंगमा पनि राम्रो छाप बनाउन सफल छन ।यो गीत पनि अपलोड भएको केहि समयमानै ट्रेनडिंगमा छ ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया