कथा दिवसमा कथाकार विजय सागरलाई मैनाली कथा सम्मान तथा लघुकथा वाचन

ईनेप्लिज प्रतिनिधि २०७५ चैत १९ गते २२:०० मा प्रकाशित

काठमाडौंमा ३७ औं कथा दिवस मैनाली कथा सम्मान वरिष्ठ कथाकार विजय सागरलाई प्रदान गर्दै तथा लघुकथा वाचनकासाथ सम्पन्न गरियो ।कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार गीता केशरीले सम्मानित प्रतिभा विजय सागरलाई सम्मान पत्र अर्पण गर्नु भयो । सो अवसरमा उनलाई माल्यार्पण गरिनुका साथै दोसल्ला ओढाइएको थियो ।

सम्मानित प्रतिभाको परिचय श्रीओम श्रेष्ठ रोदनले गर्नु भएको थियो । परिचयको क्रममा यो सम्मान प्रतिभालाई खोजेर गरिएको उनको कथन थियो ।सो अवसरमा विभिन्न कथाकारहरूले लघुकथा वाचन गरेका थिए । लघुकथा वाचन गर्नेहरूमा विजय सागर, तुलसीहरि कोइराला, छविरमण सिलवाल, गोविन्द गिरी प्रेरणा, गार्गी शर्मा, हिरण्यकुमारी पाठक, गोपाल अश्क़ , नारायण तिवारी, ललीता दोषी, डा.पुष्करराज भट्ट, सुशीला देउजा, श्रीराम राई, हंशा कुर्मी, राधा कार्की, निर्मल पराजुली, विना सिन्हा, रविन्द्र तिम्सिना हुनुहुन्थ्यो ।

समारोहलाई प्रमुख अतिथि लगायत नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत उपाध्याय, प्राज्ञ माया ठकुरी, प्रा. खगेन्द्रप्रसाद लुईंटेलले सम्बोधन गर्नु भएको थियो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रम संघकी महासचिव पुष्पा खनालले गर्नु भएको थियो ।

प्रतिक्रिया