आँधी प्रभावित चार सय परिवारलाई धुर्मुस सुन्तली फाउण्डेशनद्धारा राहात वितरण

इनेप्लिज २०७५ चैत १८ गते २२:५४ मा प्रकाशित

धुर्मुस सुन्तली फाउण्डेशनले बारा जिल्लाका चार सय आँधी प्रभावित परिवारलाई राहात वितरण गरेको छ । बाराको फेटा गाउँपालिका ६, पुराईनियाँ पुगेर फाउण्डेशनले राहात वितरण गरेको हो । हावाहुरीले अकल्पनीय क्षति पुर्याएपछि तराई झरेका फाउण्डेशन अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसाद शाहलगायत जनप्रतिनिधीको रोहवरमा प्रभावितहरुलाई चामल, त्रिपाल र चाउचाउ वितरण गरेका हुन् ।

पिडितहरुलाई तत्कालका लागि बस्न र खानको लागि समस्या रहेकाले त्रिपाल र खाद्यन्न वितरण गरिएको उनको भनाई छ । प्रभावित क्षेत्रका अधिकाँस घरहरु हावाहुरीले उडाएर तहसनहस बनाएको छ भने विद्युतका पोलहरु ढलेका कारण गाउँ पुरै अन्धकारमा छ ।

प्रतिक्रिया