ओलि आउने भए पछि बन्यो पिच, नगरको बजेटमा मदन भण्डारीको रजाई

इनेप्लिज २०७५ चैत १७ गते ३:०४ मा प्रकाशित

मोरङको उर्लावारी स्थित मदन भण्डारी प्रतिष्टानको २५ औ रजत महोस्वको उद्घाटन तथा कार्यकर्ता प्रशिक्षण्मा प्रधानमन्त्रि आउने भए पछि राता रात वाटो कालो पत्रे बनेको छ ।

केही समय अगाडी सम्माननिय राष्ट्रपति आउदा कालो पत्र नभएको सो सडक प्रतिष्ठानले आफ्नो नियमित कार्य भएको भन्दै रातारात कालो पत्र गरेको हो । १३ गते बाटो बनाउन सुरु गरे पनि १५ गते बेलुका ९ बजे प्रइमर लगाएर १६ गते दिउसो ४ बजे पिच गर्न सुरु गरिएको छ । १७ गते प्रधान मन्त्री केपि ओली उक्त बाटो हुदै कार्यक्रममा सरिक हुनुहुने भएको छ । २४ घण्टा नवित्दै कालो पत्रे गर्ने कार्यले त्यो कालो पत्र कति टिक्ने हो भन्ने विषयमा स्थानिय चिन्तीत छन ।

कालो पत्र नगरपलिको ११ लाख र मदन भण्डारी प्रतिष्ठानको १८ लाख ३८ हजार गरि कुल २९ लाख ३८ हजारको साझेदारीमा बन्दै गरेको प्रतिष्ठानका कार्यकारी निदेशक बिनोद अर्यालले बताए ।

कालो पत्र नगरपालिका र प्रतिष्ठानको साझेदारीमा बनेको भए पनि कालो पत्रेको विषयमा नगरले कुनै स्टमेट नगरेको र बनेको विषय आफुले पत्रकार द्धारा थाहा पाएको नगरपालिकाका इन्जीनियर रोशन उदाश श्रेष्ठले बताए ।

आफ्नो अनुकुल बाटो बनेको र बिकाश निमार्ण हुन मन्त्रीनै आउनु पर्ने रहेछ भन्दै स्थिानिय चिन्तति बनेका छन । एक स्थनाीयले भने यस्तो रातारात २४ घण्टा नबिदै बनेको निमार्णकार्य कति नि टिक्ने हो भन्दै गुनासो गरेका छन ।

विकाश र समृद्धिको नारा वोकेको ओली सरकार र ओली आउदा मात्रै यसरी राता रात बाटो कालोपत्रे गर्दा विकाश र समृदि जनताको आखामा छारो हाल्ने नारा भएको स्थानिय बताउँछन् ।

महेन्द« राजमार्ग देखी दक्षिण शनिश्चरे वजार सम्मको लगभग ३०० मिटर लामो सो सडक निर्माण गरिएको छ । प्रतिष्ठनका कार्यकारी निर्देशक विनोद आर्यालले बाटोको बिषयमा प्रधान मन्त्री आउने भएर निमार्ण गर्न लागिएको हैन र अलकत्र छरेको २४ घण्टा र कालो पत्र गरेको २४ घण्टामा प्रयोग गर्न मिल्लने वताए ।

यता २४ घण्टा राख्दा शनिबार ४ बजे गरेको कालो पत्रले भोलि ओली हिड्न नमिल्ने होकी भन्न अर्यालको भनाईले नै पुष्टी गर्छ ।

प्रतिष्ठानको मातहतमा वनेको उपभोक्ता समितिले नगरपालिका सग कुनै पनि प्रकारको समझौता नगरी काम थालेको सुन्नमा आएको उर्लावारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद भट्टराई ले वताए ।

कालोपत्रे निर्माण समितिले नगरपालिकाको कार्यदेश नलिई काम अगाडी वढाएको टेलिफोन सम्पर्कमा भट्टराईले बताएका छन ।

प्रतिक्रिया