अमेरिकामा नेपालकि तेक्वान्दो महिला खेलाडी ज्ञानी चुनारालाई दुई स्वर्ण (चुनाराले भिडन्त गरेको प्रत्यक्ष श्रब्य दृश्य ( भिडियो सहित )

विजय थापा २०७५ चैत १६ गते २०:०६ मा प्रकाशित

वाशिंगटन डिसी । नेपालकि तेक्वान्दो महिला खेलाडी ज्ञानी चुनारालाई अमेरिकामा दुई स्वर्ण पदक प्राप्त भएको छ । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको रेस्टन शहरमा मार्च ३० तारिख शनिबार आयोजना भएको उक्त वार्षिक राष्ट्रिय तेक्वान्दो खुला प्रतियोगितामा नेपालबाट अमेरिका आएकी महिला खेलाडी ज्ञानी चुनारालाई आफ्नो वजन तथा वर्गको दुई खेलमा दुई स्वर्ण पदक हात लागेको छ ।

करिव एक महिना अगाडी अमेरिका अमेरिकाको नेबदाको लस भेगासमा आयोजना भएको युएस खुला तेक्वान्दो प्रतियोगितामा भाग लिन आएकी चुनारालाई उक्त प्रतियोगितामा कुनै पदक हात भने लाग्न सकेको थिएन ।

उनि अन्य खेलाडीहरुसंग अमेरिका आएकी हुन् भने नेपाल फर्कनु अगाडी डिसी क्षेत्रमा आयोजना भएको मास्टर एच के लि एकडेमी अफ तेक्वानदोले आयोजना गरेको २०१९ नेसनल क्यापिटल खुला ते क्वान्दो प्रतियोगितामा चुनाराले स्पाईरिङ्ग तथा ग्रान्ड च्याम्पियन (विशिष्ट बिजेता ) बन्न सफल भएकी छिन् ।

नेपाली चेली भिडदै : हौसला गरौ : नेपालबाट आएकी ते-क्वान्दो महिला खेलाडी ज्ञानी चुनारालाई अमेरिकामा स्वर्ण पदक प्राप्त भै सकेको छ ! अर्को पदकको लागी प्रतिस्पर्धा गर्दै

Posted by Enepalese on Saturday, March 30, 2019

अमेरिकाको पूर्वी क्षेत्रमा हुने प्रतियोगितामा सबैभन्दा ठूलो प्रतिस्प्रद्धाको रुपमा चिनिन्छ । उनले ईनेप्लिज संग कुरा गर्दै लस भेगासमा कुनै पदक प्राप्त नभएता पनि डिसीमा आफ्नो वजन/वर्गको खेल प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेकोमा हर्ष लागेको बताइन ।

चुनाराले अन्तरवार्ताको क्रममा संचारकर्मी रुशा केसी मार्फत बाल्टिमोरका एवरेस्ट वर्ल्ड क्लास तेक्वान्दो पाठशालाका संस्थापक द्वय कुमार कार्की तथा कल्पना कार्कीलाई बिशेष धन्यवाद दिएकी छिन् ।

उनले संचारकर्मी केसीलाई अमेरिका उनको दोश्रो पटक भ्रमण रहेको बताउदै आफू क्यानाडा ,इन्डोनेसिया ,अमेरिका लगायत देश खेलको शिलशिलामा पुगेको बताइन । आफू सुर्खेत घर भै हाल काठमाडौँ जोरपाटीमा बस्दै आएको बताइन । सात समुन्द्र पारी आई आफ्नो देशको झन्डा फ़र्फ़राउन पाउँदा खुसि लागेको बताइन । आफ्नो परिवारको पूर्ण समर्थन रहेकोले यहाँ सम्म पुगेको बताइन । उनलाई ईनेप्लिजको तर्फबाट संचारकर्मी रुशाकेसीले के संदेश दिन चाहनु हुन्छ र भाइ बहिनीहरुलाई केही सद्नेश छ भन्ने प्रश्नमा खेलमा अनुसासन भन्ने कुराको महत्व हुने बताइन ।

जे कुरामा पनि अनुशासनमा बस्न सक्यो भने सफलता हात लाग्ने बताइन । उनलाई मास्टर एच के लि एकडेमी अफ तेक्वान्दोका संस्थापकले पुरस्कार प्रदान गरेका थिए ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया