‘१००’ बर्ष भन्दा बढी लागेका राष्ट्रकबिको जोडी एकसाथ मिडियामा: सरकार सग राष्ट्र कवि को यस्तो माग।(भिडियो सहित)

इनेप्लिज २०७५ चैत १५ गते १०:४८ मा प्रकाशित

राष्ट्र कवि माधव प्रसाद घिमिरेले आफुलाई देशले धेरै दिएको भन्दै अब सरकार ले आफू सग प्राप्त भएका सामाग्री संरक्षण गरिदिए हुन्थ्यो भन्ने मात्र आफ्नो इच्छा भएको बताएका छन । देश मा नारीहरुले पुरुष सरह अधिकार र हक चाहिरहेका छन भन्ने प्रसङ्ग उठाउदै कवि घिमिरेले महिलालाई पुरुष भन्दा बढी सम्मान दिनु जरुरी रहेको समेत बताएका छन । एक अनलाइन टि भि सग अन्तर्वार्ता दिदै घिमिरेले आफू नदि जस्तै साहित्यमा निरन्तर बगिरहेको र काव्य रचनामा सक्रिय रहेको उल्लेख गर्दै जतिसक्दो चाडो प्रकाशन मा ल्याउन लागि परिरहेको बताएका छन ।

कवि घिमिरे ले आफू जिवित छदै बिगतमा फैलाइएको मृत्यु को समाचार प्रती व्यंग्य गर्दै आफू सय बर्ष पुग्दा जीवन ले पुनर्जीवन पाएको अनुभुत भएको भन्दै वहाले मृत्यु को हल्ला चालाउनेलाई पनि धन्यवाद दिएका छन। भने वहाँ कि जीवन साथी महाकाली घिमिरेले राष्ट्र कविलाई आफ्नै शरीर को एउटा पाटो भएको बताउदै वहाँ सगको जीवन को सहयात्रा सुखद रहेको अनुभुती ब्यक्त गरेकी छिन।

प्रतिक्रिया