नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङले हत्या गरी कोशीमा फालिएकी मोरङको बेलबारी ४ की २६ बर्षिया रमिला राईको हत्या भएको २७ दिनपछि अन्तिम संस्कार गरिएको छ ।
बुधबार कोशीमा बोरामा हातखुट्टा बाँधिएको अबस्थामा भेटिएकी रमिलाको बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम पछि बिहिबार स्थानीय देबिथान सामुदायिक बन उपभोत्ता समुहको जंगल क्षेत्रमा अन्तिम दाहसंस्कार गरिएको हो ।
उनको अन्तिम बिदाईमा उनका आफन्त शुभचिन्तक र छरछिमेकीको बाक्लो उपस्थीत रहेको थियो । गत फागुन १८ गतेदेखि हराइरहेको रमिलाको शव कोसी ब्यारेजबाट लगभग तीन सय मिटर दक्षिणतर्फ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह नजिकै बोरामा बाधेर फालेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङले रमिलालाई आफुले हत्या गरि कोसी ब्यारेजमा फालेकोे स्वईकारेका छन ।बुधबार बोरा भित्र हातखुट्टा बाँधेर फालिएको अवस्थामा कोशिमा रमिलाको शव फेला परेको थियो । उनको शरिरमा एउटा स्लाक्स् मात्र लगाएको अवस्थामा फेला परेको छ । बोरामा एउटा खैरो रंगको कोट, तन्ना र रमिलाको जामा फेला परेको छ । रमिलाको टाउकोमा चोट लागेको छ ।
एक छोरीकी आमा समेत रहेकी रमिला पछिल्लो समयमा योगेन्द्र गुरुङको प्रेमिका रहेकी थिईन् । एक्कासी रमिला वेपत्ता भएपछि उनकै प्रेमी भनिएका योगेन्द्र गुरुङले आफूले हत्य गरेको स्वीकारेका थिए । बाहिर मापसे गरेर गुरुङको घरमा पुगेपछि झगडा भएको र सोही क्रममा राईको हत्या गरेको बयानबाट खुलेको छ ।
आज २७ औ दिनमा रमिलाको शव पोष्टमार्टम गरि अन्तिम दाह सस्कार गरिएको छ । बेलुका घरबाट अरुबेला झै घरबाट योगेन्द्र संग दिदी गएको तर ३ दिन सम्म पनि नआए पछि खोजि गर्दा योगेन्दैले हत्या गरेको परिवार र स्थानीय बताउछन ।
यता आमा आउने आसमा रमिलाकी ७ वर्षीय छोरी भने कुरिरहेकी छीन । लामो समय श्रीमानबाट अलग भएकी रमिला ४÷५ बर्ष देखि माईत बस्दै आएकी थिन । तत्कालीन नेकपा एमालेका पूर्व बेलबारी अध्यक्ष गुरुङको रमिलासँग प्रेम सम्बन्धमा रहेको पाइएको छ । गुरुङकी श्रीमती र दुई छोरा भने काठमाडौंमा बस्दै आएका छन् ।
रमिला फागुन १७ गते शुक्रबार देखि गुरुङको साथमा घरवाटै गएको र १८ गते शनिवार हराएको सूचना प्रहरीले पाएपछि गुरुङलाई इलामबाट पक्राउ गरेको हो । १८ गते रमिला घर नर्फिएपछि बेपत्ता भएको भन्दै आफन्तले प्रहरीलाई खवर गरेका थिए ।
प्रतिक्रिया