जितका लागि सहयोग माग्दै प्रितम : फेक एकाउण्ट र पेजले सुभचिन्तक हैरान, यो हो सक्कली पेज (भिडियो सहित)

इनेप्लिज २०७५ चैत १४ गते ११:२७ मा प्रकाशित
आचार्यको आधिकारीक फेसबुक पेज https://www.facebook.com/PritamAcharya.NP977 हो । इटहरीकै विश्व आदर्शमा कक्षा ६ मा अध्यानरत प्रितम उमेरले भर्खर ११ वर्षका छन् । उनका धेरै गीत तथा कभर गीतहरु युट्युबमा प्रशस्त छन् । इटहरी ५ स्थायी घर भएका प्रितम संगीत र पढाईलाई सँगसँगै लागिरहेका छन् । भारतको टेलिभिजन लोकप्रिय टेलिभिजन जी टिभि मार्फत प्रसारण हुने बाल गयान प्रतियोगिता “सा रे ग म प् लिटल च्याम्प्स का निकै नै बलियो प्रतियोगीका रुपमा रहेका प्रितम आचार्यको चर्चा पछिल्लो समय निकै नै बढिरहेको छ ।
प्रितमको नाममा धेरै फेसबुक आईडी बनेको भन्दै उनको आधिकारीक फेसबुक पेजमा लाईक गर्ने नागरिक समाज इटहरी महासचिव राजु केसीले बताए । उनले भने प्रितमको आधिकारीक पेजमा भन्दा पनि जथाभावी खोलिएको पेजमा लाईक धेरै आएका छन । पेजमा लाईक र सेयर गरिदिन आग्रह गदै केसीले भने इटहरीले मात्र हैन पुरै नेपाल प्रितमको पक्षमा लाग्नु पर्छ । प्रितामका वाबु काशिनाथ आचार्य इटहरीमै राहेको सिप्रदी कम्पनीमा काम गर्छन भने आमा सामान्य गृहणी हुन् ।

प्रतिक्रिया