बृटिस कलेज मा अध्ययनरत विद्यार्थी गौरब श्रेष्ठ को दुबै भ्रमण को क्रममा भएको मृत्युलाई परिवारले रहस्यमय भएको भन्दै कलेजको चरमलापर्बाही का कारण गौरबको मृत्यु भएको आरोप लगाएका छन । कलेजका २ जना महिला प्राध्यापक रिना श्रेष्ठ र नबिना महर्जनको नेतृत्वमा २६ जनाको विद्यार्थी टिम सहित दुबै भ्रमणमा रहेका बेला सगै भ्रमण मा गएका विद्यार्थी गौरब श्रेष्ठ को समुद्रमा डुबेर मृत्यु भएको थियो ।तर कलेजको कुनै पनि पुर्वनिर्धारित कारेक्रमा समुद्र घुम्न जाने कारेक्रम नभएको भन्दै उनका बुबाले गौरब पौडी खेल्न नजान्ने मान्छे समुद्रमा पौडी खेल्न पस्ने कुनै सम्भावनानै नभएको बताएका छन ।
समुद्रमा गौरब सगै नुहाउन गएका सबै फर्किए पनि गौरब नफर्कनु को रहस्य उसगै बस्ने र अध्ययन गर्ने निसेस सुबेदीलाई थाहा भएको दाबी गर्दै दुबैप्रहरी ले समेत निसेस माथी सङ्काको दृस्ठिले अनुसन्धान र बयान लिएर छाडेको बताएका छन । गौरब को मृत्यु को घट्नाबारे टिमलिडर बनेर गएका कलेजका म्यामहरु ,र निसेस को अन्तवार्ता मा तालमेल नभएको भन्दै गौरबका पिताले कलेजले आफ्नो लापरबाही स्विकारगरिसकेको ले दोसिलाई कार्बाही हुनु पर्ने र गौरव सगै नुहान गएर गौरबका लुगा कपडा पर्स लगायत सामाग्री बोकेर एक्लै फर्किएका निसेस माथी अनुसन्धान हुनु पर्ने माग गरेका छन । भने उता गौरबका साथीहरुले गौरब को मृत्युु कलेजकै लापरबाहीका कारण भएको बताएका छन । गौरव समझदार ,र मिलन सार स्वभाव भएको इमान्दार आनिबानी भएको उल्लेक गर्दै गौरव कुनै पनि कुलत बाट टाढा रहेको भए पनि उनी सगै बस्ने निसेस सुवेदी भने जाड ,रक्सी ,चुरोट र नसालु मादक पदार्थ प्रयोगकर्ता भएको बुझिएको छ ।
प्रतिक्रिया