ईटहरी/ पछिल्लो समय देश बाहिरका बिभिन्न रियालिटी शोमा भाग लिँदै नेपाली प्रतिभाले देशलाई नै चर्चामा ल्याएका छन् । नेपाली प्रतिभाको कुरा गर्दै बढी मात्रामा छिमेकी देश भारतमा हुने रियालिटी शोमा भाग लिएका हुन्छन् । उनीहरूले आफू मात्रै हैन देशलाई नै चर्चमा ल्याएका छन् । नेपालका इटहरी निवासी प्रितम आचार्य पछिल्लो समय निकै चर्चामा छन् । हेर्नुस ‘सारेगमप लिटिल च्याम्पस्’ जानु अघि प्रितम संगै उनका मम्मीको कुरा ।
उनले ‘सारेगमप लिटिल च्याम्पस्’मा जानुअघि माथिको अन्तरबार्तामै भनेका थिए ‘म नेपालको नाम राखेरै फर्किन्छु’ भनेर, र आज सोहि भैरहेको छ । अन्य प्रतिष्पर्धी हरुको तुलनामा प्रितम चर्चामा निक्कै अघि छन् भने हरेक एपिसोडमा जर्जहरुको तारिफ बटुल्ने गर्छन ।
प्रदेश १ को मुख्य सहर ईटहरीको विश्व आदर्श स्कुलको कक्षा ७ मा पढ्ने प्रितम आर्चायले यसअघि नेपालमै भएको एक गायन प्रतिष्पर्धा सुरशाला आईडलका फर्स्ट रनरअप भएका थिए । यतिबेला उनले सबै संग सहयोग मागी रहेका छ । जसलाई हामि नेपालीले नकार्नु कदापि हुदैन । सबैले आफ्नो ठाउबाट सहयोग गर्नु जरुरि छ ।
प्रतिक्रिया