अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा काठमाडौंमा कवि ध्रुवकुमार सापकोटाको एकल कविता वाचन सम्पन्न भयो । उनले विविध वान्कीका दस कविता वाचन गरेका थिए ।
सो अवसरमा उनका कवितामाथि आफ्नो विचार राख्दै वरिष्ठ कवि तुलसी दिवसले कवि सापकोटाका कवितामा नेपाल वोलेको वताउँदै सधैं कवितामा नेपाल वोलिरहनु आवश्यक नभएको, आफ्नो कर्मभूमिका सुखदुख पनि आउनु पर्ने वताउनु भयो ।
कार्यक्रमको शुरूमा स्वागत तथा कवि सापकोटाको परिचय प्रस्तुत गर्दै अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार गोविन्द गिरी प्रेरणाले नेपालीहरू विश्वका कुनाकुनामा विस्तारित भएसँगै नेपाली भाषा साहित्य पनि विस्तारित भएको वताउनु भयो ।
काठमाडौंको वानेश्वरस्थित लेखनकुन्जको प्रेक्षालयमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया