चर्चित नायिका पुजा चन्दलाई पहिलो पश्नः दोस्रो विवाह गर्नु बाध्यता कि रहर?

इनेप्लिज २०७५ चैत १२ गते १:१४ मा प्रकाशित

चर्चित नायिका पुजा चन्द र गायक राजु लामा लामो अमेरिका बसाइपछी केहि समयकालागी स्वदेश फर्किए सगै एक साथ मिडियामा आएका छन । एक अनलाइन टिभी सग कुरा गर्दै पुजा र राजु ले आफुहरुको बैबाहिक जीवन का आरोह अबरोह बारे कुरा गर्दै आफुहरुको निजि जीवन को एउटा कोर्स पूरा भएको बताउदै , अब केही समय पछि सामाजिक जीवनमा फर्किने दृढता ब्यक्त गरेका छन ।

कुराकानी को क्रममा धेरै पटक भावुक बनेका चर्चित गायक राजु लामा ले आम नेपाली जनताको माया पाउँदा पाउदै जीवन को निजि दुखका कारण देश छाडेर बाहिर अर्काको देश पुग्नु परेको दिन आफ्नु जीवन को सबै भन्दा दुखद दिन भएको भन्दै आगामी दिनमा आम श्रोताले पहिले जस्तै माया गरिदिन आग्रह सहित आफू चाडै नेपाली साङ्गितिक छेत्रमा फर्किने कुरा उल्लेख गरे। नया पछिल्लो साङ्गितिक पुस्ता सग आफ्नु सम्पर्क हुन नसकिरहेको ले आफुलाई पुन सुरुवात गर्न सहज नभैरहेको भन्दै उन्ले नेपाल फर्किए पछि नयाँ पुस्ताको साथमा काम गर्ने बिचार समेत प्रकट गरेका छन । जीवनलाई चुनौती र अवसरमा बुझेको यो जोडी नेपाली समाजकालागी एक प्रेरक जोडि बन्नेमा आम श्रोता र दर्सकहरुले बिस्वास लिएको पाइन्छ ।

प्रतिक्रिया