बुधबार, माघ ५ २०७८
काठमाडौं १६:१७
वासिङटन डिसी 05:32

आँखा झिमिक्कै’ भन्दै आए प्रमिला र सुजन (भिडियो)

इनेप्लिज २०७५ चैत १० गते १३:५७ मा प्रकाशित


गायिका प्रमिला तामाङ र ‘लैबरी सिङगिङ स्टार’ सिरज २ का विजेता सुरज लोहनीको स्वरमा रहेको ‘आँखा झिमिक्कै’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ । गीतमा दिपक रमणको शब्द तथा संगीत छ ।

सनसाइन प्रोडक्सन प्रा.लि.ले निर्माण गरेको भिडियोमा सुशान्त श्रेष्ठ, निमा शेर्पा, सविता खड्गी र सानु शेर्पा फिचर्ड छन् । गायिका प्रमिला र गायक सुरजलाई पनि भिडियोमा देख्न सकिन्छ ।

नारायण लामाको निर्देशन रहेको गीतको भिडियोमा सुमन तामाङको कोरियोग्राफी छ । कोरियोग्राफर तामाङले नै भिडियोको सम्पादन पनि गरेका हुन् । यस गीतबाट आफूले निकै आश गरेको गायक लोहनीले बताए ।

प्रतिक्रिया