प़ल शाह र सारा सिर्पाली फिचर्ड माधव न्यौपानेको ‘१४ अञ्चल ससुराल’ रिलिज [भिडियो सहित]

इनेप्लिज २०७५ चैत १० गते १३:३३ मा प्रकाशित

चर्चित नायक पल शाहले एक फरक स्वादको म्यूजिक भिडियोमा अभिनय गरेका छन् । उनले नायिका सारा सिर्पालीसँग जोडी बाँध्दै भिडियोमा १४ अञ्चलमा नै आफ्नो ससुराल भएको बताएका छन् ।

माधव न्यौपानेको शब्द तथा संगीत तथा चर्चित लोक गायक खुमन अधिकारीको स्वरमा रहेको ‘१४ अञ्चल ससुराल’ बोलको गीतको भिडियोलाइ शुक्रबार राती इनाक्षी इन्टरटेण्टमेन्टको यु ट्युब च्यानलबाट सार्वजनिक भएको हो । गायक खुमनले आफ्ना साविकका गीतहरु भन्दा फरक तरिकाले यस गीतलाई प्रस्तुत गरेका छन् । गीतमा अराज केशवले र्‍याप हानेका छन् ।

 

चलनचल्तीको गीत भन्दा केहि लामो लाग्ने गीतमा पल र सारासँगै अराज केशवले पनि नृत्य गरेका छन् । बिक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा पछिल्लो समय चर्चामा रहेको अशिक र निरजको समलिंगी जोडी समेत रहेको छ भने गीतमा भनिए अनुसार नै विदेशी युवतीलाई पनि देख्न सकिन्छ । भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने सुप्रिम पराजुली भिडियो सम्पादक हुन ।

प्रतिक्रिया