दिनेशमाथि भएको भालु आक्रमणबारे यस्तो भन्छन प्रत्यक्षदर्शी (भिडियो)

इनेप्लिज २०७५ चैत १० गते ११:५३ मा प्रकाशित

पिएनपिखबर : खोटाङ्ग जिल्ला दिक्तेल रुपाकोट राजुवागढी वडा नं. १०का दिनेश गिरीलाई चैत्र दुई गतेको दिन वनमा घाँस काट्न जानेक्रममा भालुले आक्रमण गरेको थियो। भालुको आक्रमणबाट गम्भीर घाइते भएका उनको हाल काठमाडौँको वीर अस्पतालमा उपचार भईरहेको छ। दिनेशको अनुहार, हात, फिला र टाउँकोमा गहिरो चोट लागेको छ। घरबाट १ केमी टाढा वनमा घाँस काट्न जाँदा उक्त दर्दनाक घटना घटेको थियो।

दिनेशका भाईले घटना बारे बताउँदै भने, ”हामी ४ जना घाँस काट्न १२ बजेतिर गयौ। दाई एकतिर घाँस काट्न थाल्नु भयो हामी अर्को तर्फ। दाईले एक्कासि मलाई भालुले टोक्यो बचाउ भन्दै चिच्याउनु भयो। हामी आत्तिएर दाई भएको ठाउँमा पुग्दा भालु थिएन दाईको अवस्था निकै दर्दनाक थियो। दाईलाई समाल्दा मेरो कपडा पनि रगत्तामै भएको थियो। बनबाटै तत्काल छरछिमेकलाई बोलाएर नजिकैको अस्पताल लग्यौ।” दिनेशका भाईले काकाको सहयोगले काठमाडौँसम्म ल्याएको बताए।

दिनेशकी श्रीमती र परिवारका अन्य सदस्य आत्तिने डरले सामन्य चोट लागेको भन्दै दिनेशका भाईले आश्वासन दिईरहेका छन्। दिनेशको हात र अनुहारको अपरेसन गरिएको छ भने अरु थुप्रै अपरेसन गर्नुपर्ने अवस्था छ। दिनेशको घरको आर्थिक अवस्था निकै कमजोर छ। अहिलेसम्म नातेदारसँग ऋण गरेर उपचार भईरहेको र अब भने खर्चको अभावले उपचारमा समस्या भईरहेको उनले बताए। उनले पिएनपिमिडियामार्फत आर्थिक सहयोगको याचना गरेका छन्।

उपचारमा आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावहरुले दिनेशका काका गणेश गिरिलाई ९८६१९६७१०२ मा सम्पर्क गर्नसक्नुहुनेछ। त्यस्तै हाम्रो अफिसियल फेसबुक पेज पिएनपिखबरडटकममा पनि म्यासेज गर्नसक्नुहुनेछ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया