२०७५ चैत्र १० गते आइतवार देखि १६ गते शनिवार अर्थात २०१९ मार्च २४ देखि ३० सम्मको साप्ताहिक राशिफल – ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट)

इनेप्लिज २०७५ चैत १० गते २:२४ मा प्रकाशित

मेषः
साताको शुरुमा जोश जाँगर एवं फुर्तिफार्ति बढेर आउने छ । केही अबरोधको बाबजुत केही कामकार्यमा सफलता पनि मिल्नेछ । दाम्पत्य तथा प्रेम सम्बन्धमा सुधार आउने र जीवनसाथी अथवा प्रेमसाथीबाट सुख एवं साथ मिल्ने छ तर कसैकसैलाई मन्मुटावको पनि संभावना छ ख्याल पुर्याउनु बुद्धिमानी हुनेछ । सोमदेखि बुधवार मध्याह्नसम्म स्वास्थ्यमा समस्या आउनसक्ने छ । कामकार्यमा पनि विभिन्न बाधाब्याबधानको सामना गर्न नपर्ला भन्न सकिन्न । धैर्यताको खाँचो देखिएको छ । आकस्मिक व्यवसायिक लाभ भने हुने देखिन्छ । उपरान्त स्थितिमा सुधार भएर आउनेछ । भाग्य बृद्धि हुनेछ । काम कार्यमा सफलता र व्यवसायिक उन्नतिको साथमा आर्थिक लाभले सन्तुष्टि पनि मिल्नेछ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरुगणपति एवं भैरवदेवको साथमा भगवान हनुमानवीरको उपाशना तथा श्रद्धाभक्ति बढाउनु शुभदायक हुनेछ ।

वृषः
साता केही पक्षमा उपलब्धिमूलक रहने छ । शुरुमा दैनिक व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा उन्नति हुनगइ लाभ एवं उपलब्धि हातपार्न सक्नु हुनेछ । खेलकुद आदि प्रतिस्पर्धामा अग्रता मिल्ने छ । शारीरिक आरोग्यता एवं कान्तिमा बृद्धि हुनेछ । क्रमशः दाम्पत्य तथा प्रेमसम्बन्धमा सुधार एवं सहजपन आउनेछ । मनोरञ्जनात्मक वातावरण बन्ने छ । रमाइलो ठाऊँको यात्रा हुनक्ने छ । रपनि आक्रोश बढाउन गोचरले बल गरिरहेकोले व्यवहारिकतामा जोडदिनु बुद्धिमानी हुनेछ । बुधवार मध्याह्नपछि एकाएक स्वास्थ्यमा समस्या पर्नसक्ने छ, दीर्घरोगीले बढी ख्याल पुर्याउनु होला । कामकार्यमा पनि अबरोध आउनसक्ने छ धैर्य धारण गर्नुहोला । शनिवार भने स्थितिमा सुधार आउने छ । काम कार्य एवं व्यवसायिक प्रगति हुने र सफलता मिल्नेछ । तपाईले यो साता भगवान हनुमान एवं गुरु गणपति, माँ बगलामुखी एवं इन्द्रायणी र भैरवदेवको भक्ति स्तुति गर्नु शुभ फलदायक हुनेछ ।

मिथुनः
साता अधिकांश पक्षमा लाभकर रहने छ । शुरुमा समयको सदुपयोग गर्नाले बुद्धिविकास भई बुद्धि तथा ज्ञानात्मक पक्षमा सफलता हासिल गर्नसकिने छ । लेखन तथा अध्ययन र अध्यापनमा सफलता मिल्नेछ । क्रमशः शरीरमा आरोग्यलाभ हुने र कान्तिमा बृद्धि हुनेछ । जोश जाँगर र प्रख्याति बढ्ने छ । तर विशेष काममा भने अबरोध सृजना हुने सम्भावना छ । बुधदेखि शुक्रवारसम्म रङ्गरास बढ्ने छ । प्रेम अभिलाषीहरुको लागि समय अनुकूल रहेको छ भने दाम्पत्यसम्बन्धमा मधुरता थपिने छ । रमाइलो भ्रमण हुने सम्भावना छ । व्यापार व्यवसाय आदि पेशाकर्मबाट लाभ गर्न सकिने छ । शनिवार स्वास्थ्यमा मन्दता आउने र कामकार्यमा पनि अल्झन हुनसक्ने छ । आहार विहारमा ख्याल पुर्याउनु जरुरी छ । यो साता तपाईले महावीर हनुमान, गुरुगणपति र भैरवदेवको स्तुति आराधना गर्नु शुभफल बृद्धिदायक हुनेछ ।

कर्कटः
साताको शुरुको समय अल्लि विपरित छ । अपेक्षा एवं आश्वासन पूरा हुन कठिन पर्नसक्ने छ । कामकार्य एवं बोली व्यवहारमा सजग हुनपर्ने समय छ, अन्यथा वादविवादको झण्झटमा पर्नसकिने छ । सोमवारबाट क्रमशः स्थिति सुधार भएर जाने देखिएको छ । समय र अवसरको सदुपयोग गरेको खण्डमा मानसिक एवं बौद्धिक क्षमतामा बृद्धि हुनेछ । सन्ततीको पक्षबाट सन्तोष एवं सन्तुष्टि मिल्ने छ । विद्या तथा बुद्धिज्ञानले मान्छेलाई प्रभाव पार्न सकिने छ । ज्ञानविज्ञान बढ्नेछ । व्यवसायिक उन्नति हुनेछ । क्रमशः आरोग्यलाभ मिल्ने छ । केही अड्चन हुनेछ तथापि उपाय गरेर विपक्षिसँग सम्झौता गर्नसकिने छ । यात्रा योजना बन्ने छ । प्रेम एवं दाम्पत्य सफलता मिल्ने छ । तपाईलाई यो साता भगवान हनुमान एवं माँ बगलामुखी र भैरवदेवको उपाशना गर्नु शुभफल बृद्धिकर हुनेछ ।

सिंहः
साता मध्यम फलदायी रहेको छ । जनव्यवहारमा प्रभाव बढेर जानेछ । सामाजिक सम्बन्धको विकास हुनेछ । व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा उन्नति हुनगई लाभ मिल्ने छ । शारीरिक स्फुर्ति र कामकार्यमा रुचि बढेर आउने छ । सोम र मङ्गलवार सहकर्मीसँग विचारविभेदको सम्भावनालाई भने नकार्न सकिन्न । केहीहद्सम्म पारिवारिक असमझदारीको झमेला पनि झेल्नुपर्ने देखिन्छ । अल्लि जोडगरेर मात्रै इष्टकार्यमा सफलता मिल्नेछ । बिहीवार पछि लेखन एवं अध्ययनमा सफल हुनसकिने छ । क्षणिक भएपनि सन्तानको क्षेत्रबाट पनि सन्तोष मिल्ने छ । सिक्ने सिकाउने कार्यमा अग्रता मिल्ने छ । आफन्तिजनको शुभ समचार प्राप्त गर्न सकिनेछ । साताको अन्त्यतिर पौरख बढाउन सकिने छ । शत्रुमाथि विजय प्राप्त गर्ने रणनीति बन्नेछ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरुगणपति, माँ इन्द्रायणी एवं महावीर हनुमान र भैरवदेवको स्तुति आराधाना उपाशना गर्नु शुभकर हुनेछ ।

कन्याः
साता उपलब्धिमूलक रहने छ । नाता कुटुम्बिक सम्बन्ध बढ्ने छ । भनेजति नभएपनि धनधातु एवं खजाना सम्पत्ति थपिने छ । सामाजिक कामकार्यलाई पनि समय दिनु सकिने छ । मान्छेलाई बोलीव्यवहारले आकर्षण गर्नसकिने छ तर शत्रुप्रभाव भने रहने देखिन्छ । क्रमशः शारीरिक एवं व्यवहारिक पुरुषार्थ बढेर आउने छ । कामकार्यमा मन लाग्ने छ तर अबरोध सृजना हुनेछ । व्यवसायबाट आंशिक आर्थिक उन्नति हुनेछ । बढी चाहना गरेको काममा अबरोध आउने देखिएको छ । बिहीवार मध्याह्न पछि अल्लि चनाखो हुन र बुद्धिले कामलिन पर्ने समय छ । कामकार्यमा अबरोध गर्नेहरु अग्रसर हुनसक्ने छन् भने आलोचनाको पनि सामना गर्न नपर्ला भन्न सकिन्न । विवादको पनि सम्भावना छ । शनिवार ज्ञानविज्ञान बढ्ने, अध्ययनमा मन जाने छ । सन्तती प्रेम बढ्नेछ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरु गणपति, महावीर हनुमान एवं माँ बगलामुखी र भैरवदेवको स्तुति भक्ति उपाशना गर्नु फापकर हुनेछ ।

तुलाः
साता हात्ति आयो हात्ति आयो फुस्सा भनेजस्तो देखिएको छ । विशेष मानिएको काममा अबरोध सृजना हुनेछ । तथापि केही कामकार्यमा सफलता मिल्ने छ । मानसम्मान प्राप्त हुने, यशकृति बढ्ने, मानसिक शान्ति मिल्ने छ । अबरोधको बाबजुत पनि व्यापार व्यवसाय तथा पेशागत कार्यबाट धनार्जन गर्न सकिने छ । धेरै अपेक्षा गरेको तथा आश्वासन पनि पाएको धन प्राप्त हुन गाह्रो देखिएको छ । दोहोर रोल खेल्नेहरुबाट बच्नु बुद्धिमानी हुनेछ । सामाजिक सेवा तथा अरुको काममा समय दिनपर्ने छ । बिहीवार पछि शारीरिक फुर्तिफार्ति एवं उमङ्ग बढेर आउने छ । तरपनि विशेष कामकार्यमा सफलता पाउन अल्लि कठिन पर्नसक्ने छ । काम नभई फुर्ति नगरेकै राम्रो हुनेछ । दैनिकी कार्यबाट भने केही लाभ मिल्नसक्ने छ । शनिवार वादविवादको पनि सम्भावना छ, जनव्यवहारमा ख्याल पुर्याउनु पर्ला । यो साता तपाईले भगवान गुरुगणपति, भैरवदेव र भगवान श्रीहरिको आराधना गर्नु शुभप्रद हुनेछ ।

वृश्चिकः
साताको शुरुमा पारिवारिक आवश्यकता तथा माग बढ्ने छ जसले खर्चको मात्रा पनि बढाउने छ । आकस्मिक रुपमा व्यवसायिक तथा पेशागत उन्नति हुनगई लाभ एवं सफलता पनि मिल्ने छ । मङ्गल र बुधवार भने अपेक्षा राम्रो हुने, कामकार्य पनि बन्ला जस्तो हुने तर, अल्झने हुनसक्ने छ । मानसिक एवं शारीरिक उमङ्ग भने बढ्ने छ । व्यवहारिक कर्माभ्यास बढाउन सकिने छ । रमाइलो वातावरण र मिष्ठान्न भोजनको अनुकूलता मिल्ने छ । तर स्वास्थ्य प्रतिकूल हुनसक्ने छ ख्याल गर्नुहोला । ठिकठिकै व्यवसायिक उन्नति हुनेछ । क्रमशः सामाजिक कामकार्यमा संलग्न हुन पाइनेछ । बोलिव्यवहारले मान्छेलाई प्रभाव पार्नसकिने छ । खर्चको बाबजुत धनसंपत्ति सञ्चय हुनेछ । अल्लि उन्माद प्रमाद् पनि बढ्नसक्ने संकेत देखिएको छ, संयम गर्नु बुद्धिमानी हुनेछ । शनिवार शारीरिक पराक्रम बढेर आउने छ । रोकिएर रहेका कामकार्य अघि बढाउन सकिने छ । यो साता तपाईले भगवान सूर्यनारायण र महावीर हनुमान एवं भैरवदेवको आराधना उपाशना गर्नाले ग्रहजनित बाधाअड्चनलाई हटाउन मद्दत मिल्नेछ ।

धनुः
साता मध्यम छ । शुरुको दिन व्यवसायिक प्रगति हुने र कामकार्यमा सहज वातावरण सृजना हुनेछ । समर्थक बढ्ने छन् भने साथ सहयोग जुट्ने छ । सोमवारदेखि बुधवार मध्याह्नसम्म उल्टै खर्चको मात्रा बढने, कामकार्यमा दिक्कत हुने तथा संघर्ष गर्नुपर्ने पनि देखिएको छ, धैर्यता एवं व्यवहारिकताको निकै आवश्यकता देखिन्छ । तदोपरानत क्रमशः स्थितिमा सुधार आउने छ । रोकिएर रहेका कामकार्यमा सफलता मिल्ने छ । उन्नति प्रगति हुनेछ । मानसिक शान्ति एवं शारीरिक स्फुर्ति बढ्ने छ । सौहार्द वातावरण बन्ने छ । मान्छेहरुलाई बोली व्यवहारले प्रभाव पार्न पनि सकिने छ । यो साता तपाईले शनिमहाकाल एवं भैरवदेव तथा गुरुगणपति, भगवान श्रीहरि र माँ बगलामुखीको स्तुति उपाशना गर्नु शुभकर हुनेछ ।

मकरः
साताको शुरुमा व्यवसायिक लाभ एवम् सफलता प्राप्त गर्नसकिने छ । उच्चतहसँगको संपर्क जोडिने र कामकार्यमा सहयोग पनि मिल्ने छ । राजनीति, समाज सेवा तथा नोकरीमा भूमिका तथा जिम्मेवारी एवं पदीय हैसियत प्राप्त गर्नसकिने छ । उद्योग धन्दा आदि फस्टाउने छ । बिहीवार पछि घरायसी तथा पारिवारिक सरसामान जोडिने, यात्रा हुनसक्ने जस्ता कार्यमा केही खर्च हुनजाने छ । कामकार्यमा पनि आकस्मिक अबरोध एवं स्वास्थ्यमा समस्या थपिनसक्ने छ । संयमपूर्वक जनव्यवहार गर्नु उपयुक्त हुनेछ । आकस्मिक लाभ एवं उपलब्धिको पाटो भने सुरक्षित रहेको छ । शनिवार केही सुधार एवं अल्मले रहन सक्ने लक्षण देखिएको छ । यो साता तपाईले भगवान पवनपुत्र हनुमान, भैरवदेव एवं गुरु गणपति र माँ बगलामुखीको श्रद्धाभक्ति एवं स्तुति गर्नु शुभप्रद हुनेछ ।

कुम्भः
साता अनुकूल देखिएको छ । केही अल्झनको बाबजुत पनि व्यवसायिक क्षेत्रमा सुधार आई लाभांश बढ्ने छ । विशिष्टतम् व्यक्तित्त्वहरूसँग दर्शनभेट् मिल्दा महत्त्वाकांक्षा पनि बढेर आउनेछ । अल्लि व्यवहारिकतालाई जोडदिनु उचित हुनेछ । ग्रह अबरोधको उपाय गरी अघि बढेमा राजनीति तथा समाजसेवा एवं जागिर आदिमा पदप्रतिष्ठा एवं भूमिका र उपलब्धि मिल्नेछ । उद्योगधन्दा तथा व्यवसायबाट राम्रो लाभ गर्नसकिने छ । साथसहयोग पनि मिल्ने छ । विशेष काममा विशेष भूमिका निर्वाह गर्नसकिने छ । स्थितिलाई चिनेर महत्त्वपूर्ण कार्यलाई समय दिनु बुद्धिमानी हुनेछ । शनिवार खर्च बढ्ने तथा कामकार्यमा पनि केही अड्चन आइलाग्ने हुनसक्ने छ । यो साता भगवान सूर्यनारायण, भगवान श्रीहरि र भैरवदेवको श्रद्धाभक्ति गर्नु शुभकर हुनेछ ।

मीनः
साता क्रमशः अनपेक्षित सफलतामूलक रहनेछ । आइतवार स्वास्थ्यमा मन्दता आउने छ । आश्वासन पाएको काम बन्न तथा उपलब्धि हातपर्न अल्लि गाह्रो पर्ने पनि देखिएको छ । गह्रको अबरोधको उपाय गरेर अघि बढ्नु पर्ला । कामकार्यमा पनि अड्चन नआउला भन्नसकिन्न । सोमवारबाट क्रमशः स्वास्थ्य स्थितिमा सुधार आउने छ । धार्मिक एवं सामाजिक कार्यसम्पादन गर्नसकिने छ । क्रमशः विशिष्ट व्यक्तित्त्व तथा निकायसँग संपर्क स्थापित हुनेछ । गर्नै खोजेको विशेष काममा भने अबरोध आउनसक्ने छ । शनिवार आकस्मिक लाभ एवं सफलता मिल्ने छ । समयको व्यवसायिक सदुपयोग गर्नु होला । यो साता तपाईले भगवान महावीर हनुमान एवं भैरवदेवको साथमा भगवान सूर्यनारायण र भगवान श्रीहरिको साथमा माँ बगलामुखीको सेवा आराधना गर्नु शुभदायक हुनेछ ।

पुनश्चः
जन्मकालमा सम्बन्धित ग्रह अनुकूल हुनेहरूलाई राशिफलमा बताइएको शुभफल बढी घट्ने र अशुभफल कम घट्ने हुन्छ । भने जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल हुनेहरूलाई राशिफलमा बताइएको अशुभजन्य फल बढी घट्ने र शुभफल कम घट्ने हुन्छ ।

साथै, विदेशमा हुनेहरूलाई नेपालसँग हुने समयान्तर बमोजिम पश्चिममा भए अघि र पूर्वमा भए पछि फल लाग्ने हुन्छ ।

– ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट) :९८ ४१२२३१२६,९८०३८७९९७८

[email protected]

https://www.facebook.com/jyotishdeepakguru

प्रतिक्रिया