अन्जु पन्त र जगदिश समालको स्वर अनि दिलिप रायमाझीकाे अभिनयमा नयाँ गजल ‘बिस्तारै’ (भिडियो)

इनेप्लिज २०७५ चैत ९ गते २:१२ मा प्रकाशित

काठमाडौं– गजलकार सुरेश वाग्लेको नयाँ गजल ‘बिस्तारै’को भिडियो सार्वजनिक भएको छ। लोकप्रिय गायक\गायिका अन्जु पन्त र जगदिश समालको स्वर रहेको गजलमा किरण श्रेष्ठको सङ्गीत रहेको छ । धेरै समयपछि नायक दिलिप रायमाझी यो भिडियो मार्फत् दर्शकमाझ आएका छन् ।

किरण कँडेलको एरेन्ज रहेको गजललको भिडियोलाई नेपाली वेबसाइट डटकमको अफिसियल युट्युव च्यानलले बजारमा ल्याएको हो। यसअघि गजलकार वाग्लेको एकल एल्वम ‘तिमी साथ भएपछि’मा समावेश यस गजलको भिडियोमा अभिनेता दिलिप रायमाझी र मोडल अकेशा बिष्टको उत्कृष्ट अभिनय रहेको छ। सार्वजनिक गजलको आवाज रेकर्ड गर्ने काम अमेरिकाको बोस्टनमा भएको हो भने गजलको भिडियो पनि बोस्टनमै छायाङ्कन गरिएको गजलकार वाग्लेले जानकारी दिए।

विक्की पुलामीको निर्देशन रहेको गजलको भिडियोमा सागर शंकरको छायांकन, फराज अर्पनको सम्पादन देख्न सकिन्छ।

प्रतिक्रिया