भुलेँ मैले जुनेलीका रात,साथी
सधैँ लागे अँधेरीका खात,साथी
स्वदेशी हातकै चाहा हुन्छ रोजै
परे ओझेलमा स्नेही हात,साथी
छचल्किन्छन् रुखा बोली यत्रतत्र
कतै छैनन् यहाँ मीठा बात,साथी
उडायो स्वप्न आँधीले क्रूर बन्दै
भएँ पत्ता हराएको पात,साथी
पुगेँ टाढा विरानो झैँ ठान्छ लोक
दुख्यो छाती परेकाले घात,साथी
भयो गाह्रो हितैषीको देख्न छायाँ
पराई हो विदेशीको जात,साथी
भए खानापिना सादा,भेष सादा
न भो मस्ती न भो कैले मात,साथी
कहेँ पीडा प्रवासीका धेरथोर
गुम्यो हाँसो गुम्यो प्यारो थात,साथी
भएँ साह्रै सुधोसाधो जिन्दगीमा
खपेँ रोजै जमानाको लात,साथी
(बहरे करीब)
कोमल भट्ट
च.न.पा-१३
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
प्रतिक्रिया