छोटो कथा: भ्रष्टाचारी खरदार,

सुशील नेपाल २०७५ चैत ८ गते २१:३६ मा प्रकाशित

सुशील नेपाल,

‘ए रमा आज छिटो अफिस जानु पर्छ भात पाक्यो ?’

दामोदरले सोधे । रमाको जवाफ थियो ‘आज त जसरी तसरी पकाएें, आज राशन नआए भरे देखि भोक्कै सुत्नु पर्छ ।’

‘ए ‘भनेर दामोदरले निन्याऊरो मुख लगाए ।घरको जेठो छोरा हुनाले पढन पनि पाएका थिएनन् ।भाई बैनीलाई पढाऊन तिर लागे, समय वित्दै गयो , आफूले सामर्थ हुदां खर्च भरेर पढाएका भाई बैनी माथि माथि ऊक्ले, रमाको माईतले पनि खरदारलाई छोरी दिनु पऱ्यो भनेर पछताऊदां हुन आदि ,ईत्यादि कुरा गम्दै ऊनी लुरू लुरू अड्डा तिर लागे ।

दामोदरका वावुको राम्रै हैसियत थियो, तर के गर्नु असमयमै ३ जना छोरा छोरी छाडेर वुढा मरे ।

आफू घरको जेठो भएकोले आफूले पढन पाएनन् । आमा, भाई, वैनीलाई हेर विचार गर्न थाले । सोझा थिए दामोदर, तर पढी लेखि सके पछि भाई वैनीले त वास्तै गर्न छाडे ।

घरमा अशान्ति हुन थाले पछि दामोदरले वारीमा एऊटा छाप्रो वनाएर केटाकेटी लालावाला लिएर सरे ।
मूलघर भाईहरूले आमालाई फकाएर नामसारी गराएछन,। तर यो कुरा वारे दामोदरले नकसैलाई भनें र मन नै खुम्च्याए,।

कसै गरि पाएको खरदारको जागीरबाटै गुजारा चलाएका थिए ।

अड्डाबाट फर्के पछि यस्सो के पल्टिएर आराम गर्दै थिए, छोरोले अप्ठ्यारो मानेर भन्यो’ वा स्कूलमा मेरो नाम काटियो, फीस नतिरेको पनि ३ महिना भएछ,’वैनीको पनि नाम काटियो १५ दिन पछि हुने वार्षिक परिक्षामा वस्न पुरै फीस तिर्नु पर्ने रहेछ ।
दामोदर झसंड्ग भए र मन मनै भने ‘ हे भगवान ! अव के गर्ने होला ।

भाई हरू झ्यालवाट त हेर्थे, तर दाजुको परिवारको के हालत छ कसैले सोधेन ,। माईलो भन्थ्यो साईलो छदैंछ नि , साईलो भन्थ्यो कांईलो छदै छ । विहा भएर गएकी वैनीको रूझान पनि पढे लेखेर सामर्थ भएका दाजू भाई पट्टी हुन गयो । दामोदर चरम गरिवीले घेरिए ।

के गर्नु ? ऊन्ले आफ्नो कर्तव्य त गर्नै पऱ्यो भनेर चित्त वुझाएका थिए ।

अब छोरा छोरीको ३ महिनाको फीस र राशन गरेर २५,०००/- आजै चाहिने भयो ।
हैसियत नदेखिनेलाई सापटी पनि कसैले पत्याऊंदैन ।

भोली पल्ट अफिसमा एऊटा लेखन्दास आएर ‘ए मार्साव एऊटा सानो काम गर्ने ?२५,०००/- आऊंछ भनेर प्रलोभन दियो ।
यो प्रलोभन भन्दा पनि ऊन्को जीविका चलाऊने विवशताको गाठों थियो ।

दामोदरले विस्तारै सोधे’ के गर्नु पर्छ?
लेखनन्दासले फलानोको नागरिकतामा कैफियत देखिएको छ, म फाईल भोली ठिक्क पार्छु , मार्सावले ले त्यो फाईल जसरी पनि हाकिमसम्म पुऱ्याई दिनु परो हाकिम आफ्नै मान्छे भएको फाईल पास हुन्छ ‘
दामोदर अनकन्याई रहेका थिए , लेखन्दासले सुरूक्क २५,०००/- ऊनको कमिजको बगलीमा घुसारी दियो ।

एक्कै छिनमा एऊटा सादा पोशाकमा विशेष पुलिस आएर , त्यो झगडिया जग्गा पास गर्न सघाएको भनेर खान तलासी गर्दा दाम दामोदरको खल्तिमा फेला पऱ्यो ।

दामोदरलाई पातो कसेर तल ल्याईयो ।भ्रष्टाचारी समाईयो भनेर हल्लिखल्ली भयो , । भ्रष्टाचार गर्ने मान्छे कस्तो हुन्छ, को रहेछ, मुचुल्का गर्दै गरेका प्रहरी र भ्यान हेर्न भिड ले त्यो ठाऊं घेरियो ।दामोदरसंग कुनै प्रश्नको जवाफ थिएन । प्रहरीले पाता फर्काएर भ्यान भित्र कोच्यो ।

तिनताका म विराटनगरको आदर्श विध्यालयमा कक्षा ७ मा पढथें । टिफीनको वेला हामी माल अड्डमा वरालिन जान्थ्यौं,।घुस भनेको चरम अपराध मानिथ्यो तिनताका । मेरो वाल मनले केही पनि वुझेन, । तर घटनाको वेहोरा त्यस्तै थियो भन्ने ठान्छु !
कक्षामा फर्केर आऊंदा १ घन्टा ढिलो भएछ, गजेन्द्र मास्टरले वेस्सरी भकुऱ्यो ।

२/२६/१९
राजमित्र प्रांगण,
माल्डेन, वोस्टन
अमेरीका ।

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया