के विष्णु माझीले शिरिषलाई माफ गर्लिन ? किन पागल बनाइन स्मृतिले आशिरलाई ? सबै खुलाशा यसरी भयो

इनेप्लिज २०७५ चैत ८ गते २१:२३ मा प्रकाशित

कमल सरगम-काठमाण्डौ,नेपाली लोक संगीतका एक लोकप्रिय गायक शिरिष देबकोटा र बिष्णु माझीको सुमधुर आवाजमा सुसजित बहुप्रतिक्षित लोकदोहोरी गीत ‘माफ गर’बजारमा आएको छ।पोस्टर सार्बजनिक भएको केहि समयमै सबैले उक्त गीतको भिडियोलाइ प्रतीक्षा गरेका थिए।

पछिल्लो समयका चर्चित मोडल आशिर प्रताप जंग र शिरिषको सो गीतमा गरेको कामले सबैको तालि पाएको छ । भने गीतलाई खोट लगाउने कुनै पनि ठाँउ छैन ।

पीडा र ब्यथाले भरियको लोक दोहोरी गित माफ गर आज सार्बजनिक भयको छ । अभिनयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल आसिर प्रताप को उत्कृष्ट अभिनय रहेको छ । शिरीष देबकोटा र बिष्णु माझी को आवाजमा शिरीष देबकोटाको लय तथा शब्द सिर्जनामा बनेको उक्त गित ।

आशिर प्रताप र सुस्मिताको निकै राम्रो अभिनयमा सुरेश श्रेष्ठ को उत्कृष्ट छायांकन मा प्रकाश धमलाको सम्पादनमा निकै चर्चित निर्देशक स्मृति तिमिल्सिनाको निर्देशनमा बनेको उक्त गित गुरुआमा फ्लिम्स को आधिकारिक युटुब च्यानलबाट सार्बजनिक गरियको छ ।

गीतमा स्मृतिले गरेको मेहनतलाई सबैले सलाम गर्नै पर्छ । गीतले मागे अनुसारको कथामा उनले उत्कृष्ट भिडियो बनाउने प्रयास गरेकी छन ।

भिडियो:

प्रतिक्रिया