बुधबार, माघ १२ २०७८
काठमाडौं ०२:२९
वासिङटन डिसी 15:44

सन्दर्भ आज ५४ औं जातीय उत्पीडन विरुद्धको अन्तर्राष्ट्रिय दिवस पेशागत सीपले भोग्नु परेको जातीय भेदभाव

प्रेमबहादुर शाही २०७५ चैत ७ गते ११:१२ मा प्रकाशित

प्रयेक वर्ष मार्च २१ मा अर्थात आजको दिन ५४ औं जातीय उत्पीडन विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईदैं छ । सन् १९६० मा दक्षिण अफ्रिकामा शान्तिपूर्ण रुपमा निकालिएको ¥यालिलाई प्रहरीले दमन ग¥यो । त्यहाँ निशस्त्र ६९ जना अधिकारकर्मीको निर्मम हत्या गरिएको सम्झानामा सन् १९६६ देखि हरेक वर्ष जातीय उत्पीडन विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईन्छ । बाहिरी देखावटी रुपमा जसरी तामझामका साथ दिवस मनाए पनि अहिले पनि समाजमा जातीय भेदभाव तथा रङ्गभेद जस्ताको तस्तै छ । इतिहासमा पहिलो पटक २०६८ साल जेठ १० गते संसद्को बैठकले ‘जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक’ पारित ग¥यो । त्यस लगत्तै १८ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले विधेयक प्रमाणीकरण गरेपछि लागु भयो । त्यो नै नेपाली दलितहरुले गरेको करिव दसकौं लामो आन्दोलनको विजयी थियो ।

कसैले कसैलाई जातीय भेदभाव गर्न नपाई संविधानमै उल्लेख भएपनि दलितहरु जातकै कारणले गर्दा अपमानित हुन परिरहेको छ । जातको आधारमा समाजमा अपहेलित हुन नपर्ने कानूनी अधिकार पाएपनि त्यो ब्यवहारमा लागु छैन् । रुढीवादी परम्पराले जगडिएको नेपाली समाजमा परिवर्तन आएको छैन । २१ औं शताब्दी सभ्य समाज भन्दा असमानताको असभ्य समाज बन्दै गएको छ । जातीय भेदभाव तथा रङ्गभेदले अहिले पनि समाजमा जरोगाडेर बसेको छ । वास्तवमा भन्ने हो भने समाजमा दलित जातिले खुलेर न्याय पाएको विरलै पाईने गरेको छ । इतिहासका विभिन्न कालखण्डमा दलित जातिका अग्रजहरुले धेरै नै सास्ती भोगेका थिए । अहिले पनि दलित जातिलाई मठ, मन्दिर, कुवा, होटल, स्कुलमा भेदभाव गरी अपमानित गर्ने गरिएको छ । सवै भन्दा बढी जातीयत भेदभाव अन्तरजातीय विवाहमा देखिने गरेको छ । चोखो माया प्रेमको पवित्र सम्बन्धमा जातीय भेदभाव बाधक बनेको छ । अन्तरजातीय विवाहले आफ्नो कुल खानदान विग्रन्छ, भन्ने मानिसको गलत सोचाई छ । दतिलहरुले पेशागत सीपको परिणामले गर्दा आजको दिनसम्म पनि मानिस–मानिसबीच हुने गरेको जातीय भेदभावको पीडा भोगिरहनु परेको छ । ‘सवै मानिस एउटै हुन, काटे रगत सवैको रातो हुन्छ’ भनिए पनि समाजले त्यसलाई सहजै स्वीकार गरेको छैन् । त्यसैले समाजमा जडो गाडेर बसेको जातीय भेदभाव तथा रङ्गभेदको अन्त्य गर्नको लागि भएपनि अन्तरजातीय विवाहको अति आवश्यक छ । माया प्रेमको सम्बन्धमा समाजले जातीयताको हैसियद दाज्ने परम्परा त्याग्नु पर्छ । राज्यका सवै निकायमा दलित जातिको प्रतिनिधित्व हुनुपर्ने बाध्यकारी ऐन बनेको भनिए पनि जातीय छुवाछुतप्रतिको दृष्टिकोणमा परिवर्तन हुन सकेको छैन । करिव दुई हजार वर्ष पहिले व्राम्हण राजा मनुको शासनकालमा वर्ण ब्यवस्थासँगै छुवाछुत समेत लादिएको भनाइ छ । त्यसवेलादेखि समाजका सवैभन्दा तल परेका श्रमजीवी जनताबीच फुट पार्ने काम भएको थियो । २०२३ साल अघिसम्म ‘दलित’ शब्दको प्रयोग संगठनको नाममा भएको थिएन । तर अहिलेको समाजमा वर्ण ब्यवस्थाअनुसार ‘अछुत’ भन्ने अनगिन्ती जातलाई बनाइयो । ठूलो जातमा जन्म भएको भन्दंैमा आफुलाई महान ठान्ने प्रवृति हटाउनु पर्छ । मानिस महान जातले हुने होइन, कर्मले हुने हो । साँचो माया गर्नेहरु प्रेममा असफल हुँदंैन भनिएता पनि घरपरिवार समाजले अन्तरजातीय विवाहको सम्बन्धलाई एक मिनेट पनि टिक्न दिदंैन । समाज समय अनुसार चल्न सकेको छैन ।

समाजमा आज उच्च जातिका कतिपय ब्यक्तिको चेतनास्तर माथि उठेको भए पनि उनीहरु ‘अछुत’ भन्ने शब्द उन्मुलन गर्न चाहन्नन् । कुनै समयमा कसैले

जातपात, धर्मकर्म, रितिरिवाज तथा परम्परालाई हिन्दु धर्मअनुसार कार्यान्वयन ग¥यो भने उसलाई समाजमा प्रतिष्ठित मानिन्थ्यो । अब त्यसको परम्पराको अन्त्य गर्न आफ्नै घरबाट सुरु गर्नु पर्दछ । अहिले पनि दलित जाति भनिनेहरुलाई घरभित्र प्रवेश गर्न दिईंदैन भने उनीहरुले छोएको खानेकुरासमेत चल्दैन । धर्तिबाट सूर्यतिर फर्केर सूर्यलाई देवता भन्दंै पुजा गर्ने पुर्खाले दिएको शिक्षा गर्दा समाजल जातीय भेदभाव ज्यूँको त्यूँ रहेको छ । जवसम्म अन्तरजातीय विवाहलाई सामाजिक रुपमा धुनधानका साथ विवाह गरिदैंन तवसम्म जातीय भेदभाव तथा रङ्गभेद् अन्त्य हुदैन । विद्यमान सामन्ती प्रशासन तथा सम्पूर्ण न्यायप्रणालीले दलितको पक्षमा अझै खुलेर न्याय दिन सकेका छैनन् । सार्वजनिक स्थलहरुमै दलितहरुले जातीय भेदभाव तथा छुवाछुतको पीडा भोगि रहनु पेरको छ । सबै मान्छे आखिर मान्छे नै हुन् भन्ने चेतनाको विकास गराउनु पनि आवश्यक छ । दलित जातिले करेसावारीमा गएर काम गर्नुहुन्छ, घरको धुरीमा छानो लगाउनुहुन्छ तर त्यही दलित जाति घरभित्र पस्न भने हुँदैन भन्ने मान्यता समाजमा विद्यमान छ । मन्दिरमा राख्न बनाइएका अधिकांश मूर्ति दलित समुदायका मानिसले नै बनाएका हुन् । तर तिनै मूर्तिमा पूजा गर्नबाट उनीहरु नै बञ्चित भइरहेका छन् । गैरदलित जातिले लगाउने गरगहना पनि त्यही दलित जातिले बनाएका हुन् । मूर्ति र गरगहना बनाउँदा नछोइने तर उनीहरुलाई छुन भने नहुने यो कस्तो मान्यता हो ? दलित जातिले पालेका पशुको दूध दुहेर खान हुने तर त्यहि दलित जातिका मान्छेको हातले दूहेको दूध खानु नहुने यो कस्तो समाज हो ? दलित जातिले सिलाएका कपडा लगाउन हुने, दतिल जातिले फलाएको तरकारी खान हुने, दलित जातिका सवै सीप चल्ने तर त्यहि दलितले सँगै बसेर खाना खानु नहुने ! यो कस्तो विचित्र संस्कार ? समाजमा भएका सवै खालका गलत संस्कार सहितको कुप्रथाको खुलेर विरोध गर्नु पर्छ । जातीय भेदभाव गर्नु भनेको कानूनी अपराध भएकाले विगतबाट पाठ सिक्नु पर्छ । घरपरिवार समाजमा दलितहरुको सवै सीप चल्छ तर त्यही दलितले दिएको एक थोपा पानी चल्दैन । दलित जातिले आफुलाई दलित बताएकै कारण अत्याचार भएको होइन बरु अत्याचार गर्ने सामाजिक ब्यवस्था विद्यमान भएकाले अत्याचार भएको हो । मजदुर, किसान, महिला, जनजाती आदि कैयौ वर्ग वा समूहहरु वर्गीय शोषण उत्पिडनको शिकार भएका छन् । अबका दिनमा दलित र गैरदलित जाति बीचको मात्र जातीय छुवाछुतको अन्त्यको कुरा गरेर हुँदैन समाजमा हुने सवै प्रकारका विभेदको अन्त्य हुन आवश्यक छ । यस्तो समाजलाई केही मासिनहरु जातीय भेदभाव उन्मुलन गर्न चाहान्छन तर घरपरिवार गाउँसमाजबाट आलोचित हुने भएकाले जातीय भेदभाव अभियानमा सरीक हुन चाहदैनन् । अवका नयाँ पिढीहरु जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गरी समान नेपाली समाज बनाउन लाग्नुपर्छ ।

लेखक : नेपाल पत्रकार महासंघ दैलेखका कोषाध्यक्ष हुन ।
सम्पर्क नम्बर :

9864732475

इमेल :

[email protected]

प्रतिक्रिया