काठमाडौंमा कवि ध्रुवकुमार सापकोटाको एकल कविता वाचन हुँदै

इनेप्लिज २०७५ चैत ७ गते २:४२ मा प्रकाशित

इनेप्लिज विशेष प्रतिनिधि

नेदरल्याण्डलाई कर्मभूमि वनाएका कवि ध्रुवकुमार सापकोटाको एकल कविता वाचन काठमाडौंमा चैत ११ गते लेखनकुन्जमा आयोजना गरिने भएको छ । प्राकृतिक फोटोग्राफीमा राम्रो छवि वनाएका कवि सापकोटा ३ दशकअघि काठमाडौंमा कविको छवि वनाउँदै विदेश लागेका थिए ।

यो कार्यक्रम अमेरिकाको साहित्यिक संस्था “अमेरिका नेपाल साहित्य प्रतिष्ठान”ले आयोजना गरेको हो । यसका संस्थापक अध्यक्ष साहित्यकार गोविन्द गिरी प्रेरणा हुन् ।

एकल कविता वाचन कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवसले विशेष मन्तव्य दिनुहुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया