लसएन्जल्समा कुलमान घिसिङ संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको भिडियो

इनेप्लिज २०७५ चैत ५ गते ११:१८ मा प्रकाशित

नेपालमा लामो समय देखि ठुलो समस्याको रुपमा रहदै आएको लोडसेडीङ्ग अन्त्य गरि नेपाली हिरोको रुपमा लोकप्रिय रहनु भएको नेपाल बिधुत प्राधिकारणका प्रबन्ध निर्देशक कुशल ,कर्मठ एंव ईमानदार कुलमान घिसिङ संग लसएन्जल्समा अवस्थित आम नेपालीहरुको साझा संस्था नेपाल अमेरिका एकता समाज र एनआरएन क्यालिफोर्निया च्याप्टर र मधेसी एशोसियसन क्यालिफोर्निया च्याप्टर र तामाङ सोसाईटी अफ लसएन्जल्स क्यालिफोर्नियाको च्याप्टरको सयुक्त आयोजनामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा लसएन्जल्सबासी सामुदायिक संघ संस्थाको प्रमुख एंव प्रतिनिधिहरु र प्राविधिक क्षेत्रमा कार्यरत ब्यक्तिहरुको बाक्लो तथा गुणस्तरिय सहभागिता रहेको थियो कार्यक्रम मा आयोजक संस्थाहरुले घिसिङ लाई उहाँले विधुतिय क्षेत्रमा गरेको योगदानलाई क़दर गरेर सम्मान गरेका थिए ।
कार्यक्रममा घिसिङले नेपाल विद्युत प्राधिकरणको ब्यापक सुधार भईरहेको आफु नहुदां पनि दीर्घकालीन रुपमा विधुत प्राधिकरणको क्षेत्रमा विकास भैरहने प्रतिबध्दता ब्यक्त गरेका छन् ।

सो कार्यक्रमको सभापति तामाङ सोसाईटीका अध्यक्ष टेक लामाले गर्नुभएको थियो भने स्वागत एनआरएन एनसीसी अमेरिका क्यालिफोर्निया च्यापटरका अध्यक्ष रामबावु पाण्डेले गरेको थियो साथै मधेसी एशोसियसन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष दिनेश शाह र नेपाल अमेरिका एकता समाजका अध्यक्ष चन्द्र शिवाकोटीले आयोजक संस्थाको तर्फबाट आफ्नो भनाई राखेका थिए ।

आर्टेशिया स्थित Nanking Indo-Chinese Restaurant मा सम्पन्न

प्रतिक्रिया