बेलायतमा नाचे नेपालीहरु, नौमती बाजाको खतरा प्रस्तुति (भिडियो सहित)

इनेप्लिज २०७५ चैत ५ गते १०:५० मा प्रकाशित

युके,

नृत्य कला कसलाई मन पर्दैन र? कोही कोही व्यक्तिहरुको नाचनै फरक हुने गर्दछ जसले सबैलाई आकर्शित गरिरहेको हुन्छ पञ्चै बाजामा । (पञ्चबाजा, पञ्चेबाजा) अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्।

पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रुपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो। यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा-आजा आदि। यस्तै यो मिठो मन छुने नौमती बाजाको आकर्षण बेलायतमा पनि सुरु भएको छ।

शान्ति नेपाली सामाज नौमती बाजाको संयोजक नारायण बुढाथोकी भन्नु हुन्छ नौमती बाजा प्रवासमा नेपाली हरुलाई मनोरंजन लगायत नेपाली कला संस्कृति झालाकाउने एउटा माध्यम हाम्रो टिम निरन्तर प्रयासमा लागी परेको उहाले बताउनु भयो ।

हेर्नुहोस तलको भिडियोमा सिक्षा पौडेलको १८ वौ जन्म दिन सुभ अवसरमा भब्य तरिकाले नौमती बाजामा नेपाली हरुले मनोरंजन लिएको केही दृश्य हरु ।

लगभग २५० जनाको हारा हारीमा सहभागी भएका नेपालीहरुले जन्म दिन बिशेस सुभकामना दिदै प्रोग्राममा खिचिएका केही दृश्यचित्र हरु पनि हेर्नुहोस ।

प्रतिक्रिया