चर्चा चुलिदैं डम्बर र पर्शुको ‘‘प्या प्या झ्याम झ्याम,नाँच्छु बिहेमा घनश्याम’ (अडियो सहित)

इनेप्लिज २०७५ चैत ४ गते २३:५२ मा प्रकाशित

तेजन खड्का

काठमाडौं । गायक डम्बर नेपाली र पर्शु गिरीको नयाँ गीत ‘प्या प्या झ्याम झ्याम झ्याम’ ले अडियो गीतमै दर्शक श्रोताको मन जितिसकेको छ । केहिदिन अघि मात्र सार्वजनिक भएको डान्सिङ नम्बरको उक्त गीतको भिडियो कहिले आउँछ भनेर दर्शकहरु ब्याग्र प्रतिक्षामा छन् । गीतले नेपाली परिवेश रिति तथा रहनसनलाई केलाएको मात्र छैन,लोकउन्मुख बाजागाँजाको पनि धुन हालेर गीत भिन्न किसिमको बनाइएको छ ।

‘प्या प्या झ्याम झ्याम,नाँच्छु बिहेमा घनश्याम’ हाँस्य,डान्सिङ र मेलोडी मिसिएको यो गीतको शब्द र म्युजिक रुपेश ढुङ्गनाको रहेको छ । गीतको रिकेश गुरुङले एरेन्ज गरेका हुन् ।

गीतको भिडियो केहि दिनमै सार्वजनिक हुने बताइएको छ । ं गीतको अनुसारको भिडियोको कन्सेफ तयार भईरहेको गायक पर्शु गिरीले बताए । ‘गीतको राम्रो प्रतिक्रिया आईरहेको छ,भिडियोले गीतलाई अझ राम्रो बनाउने बिश्वास छ,गायक पर्शुले भने ।

प्रतिक्रिया