सानो कथा : सानेको कुकूर

सुशील नेपाल २०७५ चैत ४ गते १०:०८ मा प्रकाशित

सुशील नेपाल ,मान्छे भनेकै जात परिस्थितिको एऊटा पुतला हो ।ऊसलाई डोऱ्याऊने भनेकै परिस्थितिले हो, भनेकोको कुरा ठ्याक्क ठ्याक्क मिल्ने भए किन यस्तो रूवाबासी हुन्थ्यो ।

खैर,मेरा कथाका पात्र सुव्वा साहेवको साने कान्छो छोरा थियो । दुई भाई छोराहरू लाठे भएर छोरीको पनि विहा गर्ने वेलामा जन्मेको थियो साने । वुढाको प्राण नै साने थियो । समय वित्दै गयो साने पनि लक्का जवान भयो ।तर वुढाले सानेलाई एकतमासले माया गरिरहे साने वरालिएको पनि थिएन, पढनमा एकदम जेहनदार थियो ।

एकदिन सुव्वा वुढाले नाईं नाई भन्दा भन्दै पनि सानेले एऊटा कुकूरको छाऊरो घरमा ल्यायो । वुढा पूजापाठ गर्ने हुनाले छुई छाईको धेरै नांटीकुटी गर्थे । ‘छ्या छ्या के गरेको वावु तैलें यो,राम राम कुकूरको छाऊरो पो लेर आएछ’

सानेले ज्यादै जिद्दी गरेको हुनाले बुढा विस्तारै चुप लागेर वसे । साने कुकूरलाई अत्ति नै माया गर्थ्यो ।खाना ख्याऊने डुलाऊन लैजाने सवै काम नियमित गर्थ्यो । कुकूर पनि यस्तो स्वामी भक्त भएछ कि मालिकलाई एकछिन पनि नछाडने ।

सुत्दा पनि सानेको गोडा पट्टी दोलाईं मुनीवाट यस्सो मन्टो निकालेर चयनले सुत्थ्यो । दिन वित्दै गयो साने पनि हल्लक वढो, त्यो सानो छाऊरो पनि गजवको ढाडे भएछ । कसैलाई नटेर्ने । साने नै चाहिने ऊस्लाई । साने वाहिरवाट घर पस्न पा’ छैन ऊफ्रेर छाती सम्म आफ्नो खुट्टा लै जान्थेयो । साने पनि त्यो कुकूरलाई भेटे पछि केही नचाहिने ।

वाहिर गएर नथाकुन्जेल कुकुरसंग बल खेल्थ्यो । कुकूर पनि स्वां, स्वां, फ्यां, फ्यांगर्दै पुच्छर हल्लाएर प्रसन्नता व्यक्त गर्थ्यो । एकदिन अचानक छात्रवृति पाएर साने वोस्टनको एम.आई.टी पढन जानु पर्ने भो ।
सुव्वा विधुर थिए, साने काखैमा थियो सुव्वेनी परलोक हुंदा ।साने वा लाई छाडेर अमेरीका जान्न भन्न थाल्यो, तर पढाईको महत्व र ऊस्को भविश्य सम्झेर सुव्वाले नै ‘वावु जा पढनु पर्छ , अचेलको जमानामा कम्पुटर साईन्स पढने त्यो पनि एम.आई.टीमा,फेरि खर्च पनि नलाग्ने भनेर सुव्वाले नै सानेलाई फकाएर पढन जान राजी गराए ।

गर्दा गर्दै साने अमेरीका जाने भो,। दिदीहरू आफ्नै दुनियामा मस्त थिए, दुई दाजू भाई पनि छुट्टीएर पर बसेका र वुहारीहरूले पनि भने जस्तो नगर्ने रैछन,सुव्वा सानेलाई लिएर आफ्नो मूल घरमा वस्थे ।

अमेरीका जाने दिनको अघिल्लो रात सानेलाई निन्द्रा परेन ।विहान ४ वजे तिर ऊठेर वावुको कोठामा गयो र खुट्टा सुमसुम्याऊदै वावुको गोडा पट्टी छेऊमा वस्यो । एक अर्कालाई औधि माया गर्ने वावु छोरा कुरा गर्न थाले । सानेको कुकूर पनि पछि पछि लागेर आको थियो । कुकुर सिरानी तिर भूईमा पुच्छर हल्लाएर सुव्वाको अनुहार तिर हेर्न थाल्यो,।मानौं ऊ पनि केही भन्न खोज्दै थियो , टाऊको दाहिने देव्रे घुमाएर वुढा तिर एकतमासले हेरि रह्यो,।

सानेको मनको वेदना कुकूरले राम्ररी वुझेको थियो ।छक्क थियो कुकूर,साने जाने कुराको भेऊ पनि पाए जस्तो गरी लाडिएर सानेको काखमा मडारिन्थो र मानौ भन्न चाहन्थ्यो ‘ मलाई छाडेर नजाऊ न’

वुढालाई र सानेलाई घरमा काम गर्ने माईलाको जिम्मा लगाएर साने अमेरीका हिड्यो । दाजूभाईले अंशको लागि वुढालाई दुख दिएका रैछन, वुहारीहरू पनि धनीका छोरी हुनाले वटारिएका थिए,। भन्न थाले वावुको एक भाग र आफ्नो एक भाग र मूलघर पनि सानेलाई नै दिए पछि वुवालाई पनि ऊसैले हेर्छ ।राम्रो जागिर भएका दुवै दाजुहरू आगो थिए, सानेको चित्त दुखेको रैछ । एक दिन कुकूरलाई लिएर जांदा,गलैंचा फोहर पाऱ्यो भनेर कुकुरलाई जेठी भाऊजूले झपारेर गाली गरेकी रैछन,त्यस पछि कूकुरले चित्त दुखाएर फर्केर कहिले गएन,। कैले काही महिना,दुई महिनामा दाजूहरू सुव्वालाई भेटन आए पुच्छर हल्लाऊन छाडेको थियो, झन भाऊजूहरू लाई त भुक्न पो थाल्यो ।धनी घरमा विहा भएकोदिदी आफ्नै जंजालमा थिईन,भेटन आऊने समय नै थिएन ।

यसै विच,साने अमेरीका गए पछि कुकूर निन्याऊरो भयो, खाना पनि मन गर्दैनथ्यो ऊस्तो, । त्यस्तो छ्या छ्या दूर दूर गर्ने सुव्वाको एक मात्र त्यही कुकूर भयो साथी विस्तारै ।

माईला पनि पार्ट टाईम मात्र काम गर्थ्यो विहान २ घन्टा साझ १ घन्टा ।कुकूरसंग ऊस्को केही लगाव थिएन । पछि विस्तारै सुव्वाले कुकूरलाई असाध्यै माया गर्न थाले,। कुकूरले पनि ऊन्मा साने गन्ध पाऊन थाल्यो ।एक छिन पनि साथ छाडेन,। अमेरीकावाट सानेको फोन आऊंदा आवाजै सुनेर वुर्लुक वुर्लुक ऊफन्थ्यो । यो कुकूर त कस्तो मान्छे भन्दा पनि गुणि छ भनेर सुव्वा छक्क पर्थे ।

सानोमा केटाकेटीलाई पढाऊदा दिन रात नभनि काम गरेर, आफ्नो सवै चाहनाहरूलाई थन्क्याएर केटाकेटीको फीस मात्रको चिन्ता गर्थे । सुव्वा मन मनै छक्क पर्थे , यी मोराहरू बाबुसंग अंशको विवादमा ठुस्स परेर वसेका थिए, । सुव्वा मनमनै भन्थें’थाम न मोरा हो तिमीहरूको पनि पालो आऊंछ । समाजको डरले र आफन्तको दवावले गर्दा मात्र वुढालाई भेटथे । संचो विसंचो दवाई दारू सवै आफ्नै पेन्सनवाट गर्थे सुव्वा ।सुव्वेनीले पनि भौतिक सुख कहिले पाईनन,।छोराहरू दाजू भाई अंशको लागि मारंम्मार गरेकाले पीरै पीरैले उनी मरीन । दिन वित्दै गयो, साने कल्पिएर फोन गर्थ्यो,

सेमेष्टर विचमै छाडेर आऊन पनि नमिल्ने राक्षस जस्ता दाजूभाई वुवाको के गति भयो होला भनेर साने सारै दुखित थियो । ऊता सुव्वा भने पुजा गर्दा पनि कुकूरलाई संगै वसाऊंथे । सुव्वालाई पूजा गर्दा छुनु हुदैन भनेर कुकूर परै वस्थ्यो । तर सुव्वा आफैले वोलाएर संगै राखेर पाठ गर्न थाल्थे । घन्टी डोलाऊंद कौतुहलले कुकुर भौं भौं गर्थो,मानौं त्यो ऊस्को भजन गर्ने आफ्नै तरीका थियो ।
सानेको कुकूरले वुढालाई एकदमै छाडेन, ति दुईको एक प्रकारले अचम्मको संवाद हुन थाल्यो ।

कस्तो सम्म भने सुव्वा वाथरूम जादां पनि ढोका वाहिर लम्पर्सार परेर वस्थ्यो । सुव्वा जहां गए पनि पछि लाग्थ्यो । पछि हुंदा हुंदा सुव्वाले काखमा राखेर सुमसुम्याऊन थाले ।

सुत्दा पनि तल वसेर एक तमासले वुढाको अनुहार तिर हेरिरहन्थ्यो, मानौं केही भन्न चाहे जस्तो ।
एक दिन सुव्वाको मनमा के भावना आएछ र कुकूर तिर फर्केर भनें’ ए टाईगर तं मलाई किन यत्ति माया गर्छस ए? तलाए चैं मेरो अंश चाहिंदैन,।कुकूर पनि कुरा पुरै वुझे जस्तो गरि जोड जोडले पुच्छर हल्लाऊथ्यो ।

एकतमासको एक्लो जिवन चलिरहेको थियो,ऊता सानेको पनि पढाई धमाधम थियो, ।सुव्वालाई सम्पति भन्दा पनि एक्लोपनले दिक्क लागेको थियो । तर ऊन्ले घरको कुरा आफ्नो मन भित्रै राखे,। सानेको कुकूरले यी सव परिस्थितिको लेखा राखेको होला । अचानक सुव्वा विरामी परे,शरिरको रोग मात्र भए त निको पनि हुन्थ्यो होला,तर रोग मनको थियो ।केटाकेटीको एक आपसमा परेको हानाथापले सुव्वालाई एक प्रकारले मर्न पाए पनि हुन्थ्यो भन्ने लाग्न थाल्यो ।

सधैं सानेलाई सम्झिन्थे । कुकूर छक्क परेर सव हेरि राखेको थियो । साने आऊन सकेन वुढा एक्लै परे । विरामी परेर विछ्यौनाम लडदा त्यो कुकूर कहीं नगएर सुव्वालाई कुरेर वस्थ्यो ।
रोग धेरै वढे पछि छोरा छोरी सवै आए, र वा वा भनेर वोलाऊन थाले । वुढाले सवैलाई आशिर्वाद दिए,दुष्ट छोराहरूलाई अन्तिम अवस्था सम्म पनि चित्त दुखेको कुरा भनेनन् ।
अव न वाच्नेनै भए पछि छोरा छोरीले वैतरणी गौदान सवै गराए,। सुव्वा साने साने भन्दै मरे ।

सुव्वा मरे पछि सानेको कुकूरले पनि खान पीन छाड्यो।पूजाकोठाको वाहिर मलिलो अनुहार लिएर दिनभरि वस्थ्यो ।छोराहरूले आफ्नो घर लान खोजे, तर ऊ फेरि भागेर मूलघरै आयो ।

यता ऊता गऱ्यो , कुईं कुईं गर्दै सुव्वालाई खोज्यो । शायद मनमा सानेलाई पनि सम्झेको हुनु पर्दछ । अवसादको तोडले एक ह्फ्ता पनि नपुग्दै सानेको कुकूर सुव्वाको खाट मुनी मऱ्यो ।माईलालाई धेरै दुख लागेछ । कुकूरको लास दखेर माईला क्वां,क्वा रोयो ।

३/१६/१९
अमेरीकन एयरलाईन्समा ड्यालस जांदा लेखेको ।
स्थायीवासी,
राजमित्र प्रागण,
माल्डेन,वोस्टन,
अमेरीका !

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया