जिन्दगी

रूपेश कार्की (बद्रि प्रयाश) २०७५ चैत २ गते २०:३१ मा प्रकाशित

हुर्किन नपाउँदै आज त्रास भो जिन्दगी
अनेकौं सपना अधुरो हुँदा –हुदै जीउँदो लास भो जिन्दगी ।
भावीले लेखिएको भाग्य ,आज मलाई कस्तो अभिशाप भयो
निस्तो भातझै औषधीको गाँस भो जिन्दगी ।
हासी खुःसी दिन गन्दैथ्य , जीवन उतार्धमा नै निराशा छायो
कल –कलाउदो उमेरमै नाश भो जिन्दगी ।
आधा यो उमेर अझै बाकी रहदाँ–रहदै बाच्ने आश हुदाँ हुदै
समय पुग्नु अगावै अवकाश भो जीन्दगी ।

प्रतिक्रिया