डढेको चिया बेचेर करोडपती ! गरे के हुन्न र नेपालमा ? बिहेको दिनमा पनि चिया बेचेर छोरीलाई अन्माईन्

इनेप्लिज २०७५ चैत २ गते २०:२४ मा प्रकाशित

प्रल्हाद चन्द्र घिमिरे, पोखरा, २ चैत्र । स्याङजामा घर भएपनि सुमित्रा शर्मा आफ्नो परिवार सहित पोखरामा बस्दै आएको २५ वर्ष भन्दा धेरै भैसकेको छ । चिया पसल संचालन गरेको नै १० वर्ष पुगेको छ । बिहान ५ बजेदेखि सुमित्राको ग्यास बल्न सुरु गर्छ राती अवेरसम्म ग्यासमा दुध पाकिरहेको हुन्छ ।

सुमित्रा शर्मा को खाजाघरको नाम दिप फ्रेण्डसिप खाजा घर हो तर यो नामले कसैलेपनि चिन्दैनन् । पोखराको बजारमा डढेको चिया पाउने वा मिठो चिया पाउने ठाउँ भन्यो भने अधिकांशले चिनिहाल्छन् । उनकोमा चिया पिउन आउने अधिकांश सधै आईरहने ग्राहाक छन् वा भनौ न एक पटक सुमित्राको हातले पकाएको हातको चिया खाए पछि जो कोही फर्कि फर्की फर्की आउने गर्दछ । पोखरामा सुमित्राले बनाएको जस्तो चिया अन्यत्र नपाईने भएकाले सुमित्राको डढेको चियाले अहिले बजार पाईरहेको छ ।

सुमित्रालाई बरु धेरैले याद नगर्लान् तर उनको डढेको चिया सम्झेर मानिसहरु फर्कि फर्कि आउछन् । हेर्नुहोस तिनै सुमित्रासंग हामीले गरेको यो कुराकानी

प्रतिक्रिया