कृष्ण ओलीको कथामा बिष्णु माझी र मौसम गुरुङले बनाए यस्तो गीत-जो कोहि रुन्छन (भिडियो)

इनेप्लिज २०७५ चैत १ गते २२:५० मा प्रकाशित

पछिल्लो समय लोकदोहोरी क्षेत्र मा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । लगानी अनुसार आम्दानी हुँदै नभएनी लगानी गर्ने जमात को कमि भने छंदै छैन । अहिले बिबाह पार्टी भोज भतेर मा हिन्दी गित नबजिकन नेपाली गित मात्रै बजेको सुन्न पाइन्छ त्यस्मा नि लोक दोहोरी गित बज्ने क्रम बढ्नु एकदमै राम्रो मानिन थालेको छ ।

नांच्ने गित संगै सुन्ने गित पनि उति नै मेहनत का साथ बजारमा आउने क्रममा , भिडियो पनि उति नै मेहनत ले बनाउंदै बिष्णु माझी र मौसम गुरुङ को आवाज मा अर्को बियोगान्त गित बजार मा आएको छ ।

ओम छिनाल को लय शब्दमा सावित्री परियार सानुको प्रस्तुतिमा शितल शिजन डिजिटल बाट प्रकाशन भएको गित को म्युजिक भिडियो मा मौसम गुरुङ र सारिका केसिको दर्दनाक अभिनय रहेको छ । भिडियो मा बाल कलाकार प्रान्जली धिताल लाई निर्देशक प्रकाश भट्टले अभिनय मा जमाउन सकेका छन ।

राजेश घिमिरेको उत्कृष्ट छायांकन भएको यो मर्मस्पर्शी गितको यो भिडियो हेर्नुहोस

प्रतिक्रिया