बुझ्नै सकिनँ आज तिमिलाई

इनेप्लिज २०७५ चैत १ गते १६:५० मा प्रकाशित

कवि ,लेखक तथा गीतकार बिकास थापाको चौथो कविता संग्रह हो “ ओकलेर आगो “ । यसै संग्रह भित्र रहेको एक चर्चित कविता हो “ बुझ्नै सकिनँ आज तिमिलाई “ । उक्त कविता माथि नेपालि कविता बिधामा पूर्णतय सिनेम्याटिक प्रक्रिया अनुसार पहिलो चलदृष्य निर्माण भएको छ ।

कवि तथा निर्देशक हेमप्रभासको परिकल्पना र निर्देशनमा उक्त चलदृष्य निर्माण भएको हो । उक्त चलदृष्य यूट्यूब मार्फत सबैले हेर्न सक्ने गरि बाहिर आएको छ ।यस कविताको चलदृष्यमा अहिलेका चर्चित नायक पुष्पल खडका र बर्षा शिवाकोटिको उत्कृष्ट अभिनय रहेको छ

प्रतिक्रिया